इलाम । गर्मीका समयमा आन्तरिक तथा छिमेकी मुलुक भारतवाट आउने पर्यटकहरुका कारण खचाखच हुने इलामको पर्यटकीय क्षेत्र कन्याममा पर्यटकीय गतिविधि सुनसान रहेको छ ।
कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित बन्दै आइरहेको समयमा यस वर्षको गर्मी मौषममा समेत कन्याममा पर्यटकीय गतिविधि सुनसान वन्न पुगेको हो ।
इलाममा धेरै पर्यटकीय क्षेत्र भएपनि सडक सञ्जालले नजिक रहेको कन्याम तराई क्षेत्रबाट आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरुको मुख्य रोजाईमा पर्ने गरेको थियो ।
इलामको सुर्योदय नगरपालिकामा पर्ने पर्यटन प्रवद्र्धनका दृष्टिकोणले महत्वपुर्ण रहेको कन्याम क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने गरी नागरपालिकाले सडकआसपासको क्षेत्रमा टायल विछ्याउने , छापा टहराहरु हटाएर आधुनिक घुम्ती पसल सञ्चालन गर्न मिल्ने ठेलाहरु वनाएर व्यवस्थित रुपमा राख्ने देखि सिडीं वनाउने कार्यले समेत कन्याम क्षेत्र आकर्षक देखिन थालेको छ । चिसो हावापानी रहेको मन लोभ्याउने चिया वगान तराई तिरका दृष्यावलोकन गर्न सकिने आदि कारणले कन्याम पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।
यहाँ घोडचढीको व्यवस्था मिलाइएको तथा विभिन्न जातजातिका पहिरन लगाएर फोटा खिच्ने पाईने भएका कारण पनि आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरुको रोजाईमा पर्ने गरे हो । तर पहिलेको जस्तो पर्यटकीय पर्यटकीय गतिविधि नरहेको सुनसान रहेछ इटहरीवाट घुम्न आएका याम लामा वताउछन ।
पर्यटकीय क्षेत्र इलामको कन्यामा पहिलेको जस्तो अवस्थामा नरहेको सोचे अनुसार नपाएको अर्का आन्तरिक पर्यटक बसन्त बस्नेत वताउछन । रमणीय ठाउँ छ अहिले अझ आकर्षक वनाइएको रहेको छ तर पनि चहलपहल रहेन छ , आन्तरिक पर्यटकहरु भर्खर अलिअलि आउने थालेपनि वाह्य पर्यटकहरु नआउदा सुनसान देखिएको समेत वस्नेतले वताए ।
इलाममा अन्य पर्यटकीय क्षेत्र भएपनि आन्तरिक तथा छिमेकी मुलुक भारतवाट आउने पर्यटकहरुको मुख्य रोजाईमा कन्याम पर्ने गरेको छ । यातायातको सहजताले गर्दा कन्याम पुगेर एकै दिन फर्कन सकिने भएको कारणले समेत पुर्वी तराई र छिमेकी मुलुक भारतवाट ठुलो संख्यामा पर्यटकहरु आउने गरेका छन ।




















