इटहरी । यहा मान्छे चर्चामा आउन अनेकौ तरिकाहरू अपनाइरहेका हुन्छन । केहि समाजसेवा गरे जस्तै देखाएर मात्रै चर्चामा आएका छन भने केहिले साच्चिकै गरेका पनि छन । तर समाजमा यस्ता ब्याक्तिपनि छन जस्ले आधा उमेर समाजसेवाकै लागि भनेर जिवन सुम्पेका छन । समाजमा निस्वार्थ भावले सुधारात्मक कृयाकलाप र उदाहरणिय कामहरू गरेर देखाएपनि चर्चामा कहिले आउन चाहेका छैनन । यस्तै समाजसेवाका जलन्त उदाहरण हुन मोरङ सुन्दरहरैचा ६ निवासि भोलानाथ थापा मगर ।

कपाल सेतै फुलेका , उमेरले ६० नाघेका तर अझै जोस जागर भने युवा पुस्ताको झै देखाउने उहाले जिवनको आधा जसो समय समाजसेवामै सुम्पिनुभएको छ । समाजमा बसेर अनगिन्ति उदाहरणहरू प्रस्तुत गरिसक्नुभएपनि चर्चामा आउन कहिले चाहनुभएन । गाउमा हुने सामान्य बिकाश निर्माण देखि शहर सम्मलाइ नमुना बनाउनको निमित्त उहाको योग्दानको जति चर्चा गरेपनि अझ कम नै हुन्छ ।

पूर्व ब्रिटिस सेनासमेत रहेका सुन्दरहरैंचा ६ निवासि भोलानाथ बाल्यकाल देखि निडर र समाजसेवा प्रति रूचि राख्दै आएको बताउनुहुन्छ । संखुवासभाको तत्कालिन नुम गाविश ८ खोलाखानीमा जन्मनुभएका मगर १३ वर्षको बाल्यकाल देखि नै समाजसेवा प्रति रूचि राख्दै गाउमै साना तिना बिकाशका कामहरूमा सहयोग जुटाउन सक्षम हुनुहुन्थीयो ।

२०५२ सालमा गाउबाट तराइका जिल्ला सुनसरी झर्नुभएका मगर २०३२ साल देखि ब्रिटिस सेनामा कार्यरत रहि १८ वर्ष सम्म सेवामै रहनुभयो । २०५० सालमा पेन्स आएपछि मगर समासेविमा सकृिय रहनुभएको सुनाउनुहुन्छ । समाजसेवा भनेको चर्चामा आउन हइन भित्र मनबाट सदभाव राखेर गरिने निस्वार्थ सेवा हो  उहा भन्नुहुन्छ ।

 पेन्सनबाट प्राप्त रकम घर खर्च कटाएर आधा रकम समाजसेवाकोलागि खर्च गर्ने गरेको मगर सुनाउनुहुन्छ । उहाले हालसालै सुन्दरहरैंचा नगरपालिका ६ मा पर्ने हिलाम्ममे सडकमा आफ्नै लगानीमा गिटि बालुवा हाल्ने र खाल्डा खुल्डि सडकहरू पुर्ने काम सम्पन्न गरिसक्नुभएको छ ।त्यस्तै अघिल्लो वर्ष पनि सुन्दरहरैचाको खुर्साने सडक खण्डमा उहाले आफ्नै लगानीमा करीब ५०० मिटर सडक ग्राभेल गर्नुभएको थियो ।

बढदो शहरिकरण संगै सवारिसाधनले सडक खाल्डाखुल्डी बनाइदिदा त्यहि पानी जमेपछि सर्वसाधरणले पाउने सास्तिलाइ मध्ययनजर गर्दै समाजसेवि मगरले त्यस्ता खाल्डा परेका सडकहरूमा गिटि हालेर सम्याउने गर्नुभएको हो । अघिल्लो वर्ष पनि उहाले सुन्दरहरैचा वार्ड नं ६ मा बिभिन्न सडक खण्डमा यसरी नै गिटि हालेर समाजसेवाको जलन्त उदहारण प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै गत ७४ साल साउन २७ गते  आएको भिषण बाढिबाट प्रत्यक्ष प्रभावित मोरङ बलिया , वासबारीका  ८५ भन्दा बढि पिडितहरूलाइ एकल लगानीमा वडा कार्यालयको समन्वयमा खाद्न्न तथा लता कपडा बितरण गर्नुभएको थियो । उहाले नेपाल टेलिभिजन , न्युज २४बाट प्रसारण हुने सिधा कुरा जनतासंग कार्यक्रम मार्फत पनि बाढि पिडितहरूलाइ आर्थिक सहयोग गर्नुभएको थियो । पेन्सन पाकेपछि अमेरिका , लण्डन , हङकङ,अष्ट्रेलीया, जापान,लगायत एक दर्जन बढी राष्ट्रहरू भ्रमण गरिसक्नुभएका मगर बिदेशमै रहदा पनि गत ७२ सालमा गएको बिनासकारी भुकम्पबाट पिडित बनेका नेपालका बिभिन्न स्थानहरूमा आर्थिक सहयोग गर्नुभएको थियो ।

हङकङमा रहदा उहाले पहिलो पटक नेपाल हङकङ मगर संघ गठन गरेर संस्थापक अध्यक्षको रूपमा काम गर्नुभयो । नेपालमा कोरोनाको सन्त्रास बिच चलिरहेको लकडाउन अवधिमा पनि उहाले हङकङबाटै पिडित समुदायलाइ खाद्यन्न तथा लता कपडाहरू स्थानीय सरकार मार्फत सहयोग गृनुभएको थियो । उहा अहिले पनि  हङकङ नेपाली महासंघको संस्थापक उपाध्यक्ष,  हुनुहुन्छ ।

पूर्व ब्रिटिस सेना समेत रहनुभएका मगर आफ्नो पेन्सन मार्फत आएको रकमको आधा रकम जोगाएर समाजसेवामा खर्च गर्ने गरेको सुनाउनुहुन्छ ।   अघिल्लो वर्ष मात्रै चर्चित कार्यक्रम इन्द्रेणि मार्फत उहाले दुवै मृगौला फेल भएर उपचार गराइरहेकि भिम कुमारी थापा मगरलाइ नेपाली रू ३ लाख १५ हजार ८०२ आर्थिक सहयोग गर्नुभएको थियो ।

हंङकङमा रहेका नेपालीहरूलाइ सहयोगकोलागि आवहान गरेपछि मगरकै नेतृत्वमा सो रकम सहयोग जुटेको थियो । त्यसैगरी सुन्दरहरैचाकै बिभिन्न वडाहरूमा बिपन्न बालबालिकाहरूलाइ उहाले ब्याग सहित शैक्षिक सामग्रिहरू बितरण गर्नुभएको थियो ।  गाउ देखि शहर सम्म बिकाशका केहि गतिविधिहरू हुदा सथानीय सरकार एवम जनप्रतिनिधिहरूले उहालाइ नै सुरूमा खोज्ने गरेका छन । उहाले समाजमा गरेको उदहारणिय कामहरूको बारेमा सुन्दरहरैंचाका जनप्रतिनिधिहरू देखि स्थानीय नगरवासिहरूले पनि खुलेरै प्रसंशा गर्ने गरेका छन ।