पथरी । अवैध हातहतियार राखेको भन्ने बयानका आधारमा पक्राउ परेका मोरङ कानेपोखरी-६ शिवालयका पूणर्बहादुर बोहोरा निर्दोष रहेको उनको परिवारले दावि गरेको छ ।

बिहिबार मोरङको पथरीमा पत्रकार सम्मेलन गर्दे पूणर्बहादुरको परिवारले उनलाई सुनुयोजित ढंगले फसाउन खोजेको बताएको छ ।

पत्रकार सम्मेलनमा परिवारले सत्य, तथ्य छानबिन गरि दोषिलाई कानुनी कार्वाही र निर्दोषलाई न्याय दिनुपर्ने भन्दै पूणर्बहादुरका दाई महेन्द्र बोहोराले रिहाइको माग गरेका छ्न ।

उनले भने, ’मेरो भाई परिवारमा अनुशासित र पारिवारिक जिम्मेवारी बोकेको व्यक्ती जसले सामाजिक, राजनीतिक क्रियाकलापमा भाग लिइ असल नागरिकको छवि बनाएको छ । यस्तो व्यक्तीले पेस्तोल जस्तो अवैंधानिक हतियार ल्याएर रूद्रबहादुर क्षेत्रीलाई दिएको भन्ने कुरामा हामी सतप्रतिशत असहमत छौँ ’ ।

हालसम्म समाजमा कुनै प्रकारको अवैंधानिक, अवाच्छित, अपाच्य, नकारात्मक कार्यमा संलग्न नरहेको कुरा समाज र परिवारलाई अवगत नै छ, यो सरासर मानहानी, मानव समवेदनासँगको खेलवाड भएको परिवारले जिकिर गरेको छ । 

भदौं १५ गते मध्यरात १२ बजे आफ्नो घरमा आराम गरिरहेको अवस्थामा हातहतियार सहित पक्राउ परेका रूद्रबहादुर अमरा क्षेत्रीले पूणर्बहादुरले हातहतियार राख्न दिएको हो भनी जाहेरी दिएको छ भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको उनलाई कुनै ठोस अनुसन्धान बिनै सार्वजनिक गर्नु आपत्तीजनक भएको महेन्द्र बोहोराले जानकारी दिए । 

उनले यस घटनामा लामो समयदेखी योजनावद्ध तरिकाले लागेर एक इमान्दार, निर्दोष मान्छेको छवि धव्स्त पार्न खोजिएको बताए ।

पूणर्बहादुरकी श्रीमती सुनिताले भनिन, उहाँसँग सहयात्रा गरेको करिब २० बर्ष भइसकेको छ, कसैलाई असहज, अप्ठ्यारो पर्‍यो भने आफैं गएर सहयोग गर्नुहुन्छ । अहिलेसम्म कोहिसँग झैझगडा, दुश्मनी, रिसराग भएको मलाई थाहा छैन, म त उहाँलाई सबैभन्दा नजिकबाट चिन्छु कसरी विश्वास गँरू उहाँले यस्तो अवैधानिक काम गर्नुभयो भनेर भन्दै भावुक भइन । 

उक्त व्यक्ती रूद्रबहादुर अमरा क्षेत्री १५ दिन अघि मातेर रातको समयमा आई पूणर् दाईलाई कसरी फसाउँनुपर्छ भन्दै धम्क्याएको सुनिताले बताँइन । 

पूणर्बहादुरका अर्का दाई खगेन्द्र बोहोराले रूद्रबहादुरको नैतिक चरित्र पहिल्यैदेखीनै ठिक नभएको बताए । करिब ४ बर्ष विभिन्न असामाजिक क्रियाकलापमा संलग्न भई जेल जीवन बिताएर १ बर्ष अघि मात्र उनी घर आएका सुनाए ।

सत्य, तथ्य कुनै हस्तक्षेप बिना अनुसन्धान होस, इमान्दार व्यक्तीलाई किन फसाँउन खोजियो र हातहतियारसहित पक्राउ परेका व्यक्तीको इतिहासबारे बुझियोस साथै निर्दोष नफसोस भन्दै स-परिवारले न्याय र रिहाइको माग गरेका छ्न ।

घटना यस्तो थियो ?

सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले भदौ १५ गते राति ११ः१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई आफ्नै घर कानेपोखरी-६, शिवालय टोलबाट पक्राउ गरेको थियो । क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एउटा पेस्तोल, तीन राउन्ड गोली र एउटा खुकुरी फेला परेको थियो ।


क्षेत्रीले दिएको बयानका आधारमा प्रहरीले स्थानीय ३० वर्षीय पूणर्बहादुर बोहोरालाई पनि पक्राउ गर्‍यो । 

तर हतियारसँग जोडिएको क्षेत्री र बोहोराबीचको सम्बन्धका बारेमा भने प्रहरीले हालसम्म केही खुलाएको छैन, अनुसन्धानकै क्रममा रहेको छौँ भनेर भनिरहेको छ । 

दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको मोरङ प्रहरीका डिएसपी दिपक श्रेष्ठले जनाए ।