धनकुटा । सिचाई सुविधा नभएको मौषमी वर्षा समेत कम हुने गरेको कारण उब्जनी समेत न्युन हुने  रुखो पाखो जमिनमा अनार फलाएर गर्दा के हुदैन र भन्ने उदाहरणका पात्र वनेका छन धनकुटा ६का किसान मुकुन्द पोखरेल । केही वर्ष अघि सम्म खेतीका लागि मौषमी वर्षाको पानीमा भर परेर मकै र कोदो लगाउने पोखरेलले यती बेला अनार लगायतका फलफुल र तरकारी फलाएर मनग्गे आम्दानी लिन थालेका हुन ।111

   छिमेकी मुलुक भारतसंग  अनारका लागि भर पर्नु परिरहेको समयमा पोखरेलले व्यवसायीक रुपमा अनार खेती लगाएर अनारमा आत्मनिर्भरता वन्नु पर्नेमा जोड दिन थालेका छन । निर्वाहमुखी बालीका रुपमा मकै र कोदो लगाउने गरेपनि पर्याप्त पानी नहुने गरेका कारण मकै र कोदो पनि मिहिने र लगानी अनुसार नफलेर हैरान वनेका पोखरेलले अरु जमिन लिजमा लिएर कृषि फर्म सञ्चालनमा ल्याएर मनग्गे आम्दानी लिन थालेका हुन ।237253707_2893899660871152_128896563808426089_n

     पोखरेलले अनारसंगै टमाटर बाली लगायत तरकारी जन्य बालीबाट समेत राम्रो आम्दानी लिने गरेका छन । व्यवसायीक अनार खेती लगाएका पोखरेलले अनारबाट राम्रो आम्दानी लिन सकिने वताउछन । तीन वर्ष अघि लगाइएको अनारले अहिले फल दिन थालेको वताउदै पोखरेल बजारमा अनारको माग अधिक हुने गरेका कारण पनि बजार नपाउने चिन्ता नहुने समेत वताउछन ।

पोखरेलको कृषि फर्ममा अनार सहित अन्य फलफुल ,तरकारी वाली लगाइएको छ भने गाई ,वाख्रा लगायतका पशु पालन समेत गरिएको छ । पछिल्ला केही वर्ष यता देखि पुर्वी नेपालमा व्यवसायीक रुपमा कृषि फर्म सञ्चालन गर्नेहरु वढीरहेका छन ।