दमक झापा ।

झापाको दमक नगरपालिका वडा नम्वर ४ स्थित तारावारीमा सुविधा समपन्न एसी जडित रुम र स्वास्थ्यवद्र्धक खानाको सेवा सहित नर्वदा होटल संचालनमा आएको छ ।

नया व्यावस्थापन सहित सन्चालनमा आएको होटलमा सुपथ मुल्यका एसीजडित क्याविन एसीजाडित सुविधा सम्पन्न डिलक्स रुमको व्यवस्था रहेको छ । यस्तै शान्त तथा पारिवारिक वातावरणमा स्वास्थ्यवद्र्धक खाना, भेज तथा ननभेज खाजा, मिटिङ तथा सेमिनार हलको व्यवस्था रहेको होटलका व्यावस्थापन मनोज तिम्सीनाले जानकारी दिए । 

पश्चिम झापा र पूर्वोत्तर मोरङमा धेरै होटल होटल खुलेपनि टाढाबाट आउने पाहुनाले बास बस्नका लागि भनेजस्तो होटल पाउन मुस्किल भएका कारण सोही कुरालाई मध्यनजर गर्दै सस्तो र सुविधा सम्पन्न होटल ल्याएका छौ तिम्सीनाले भने ।

यहाँ आएका कतिपय पाहुना राम्रो होटलको खोजीमा इटहरी, विराटनगरसम्म पुगेर बास बस्ने गरेका छन् ।

तर, झापाको दमक-४ कृष्णमन्दिरमा रहेको नर्वदा होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएपछि बास बस्नका लागि टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको छ । 

स्थानीय रुपक दाहालले ५ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको होटलले अव इटहरी, धरान र विराटनगरमा संचालित सुविधा सम्पन्न होटल हरुको झै सेवा प्रदान गर्ने बताए ।

दाहलले भने होटल बास बस्नका लागि मात्र होइन, खाजा, खाना, बैठक, सेमिनारका लागि पनि यो होटल उपयुक्त रहेको छ । अव हामी चाँडै बारसमेत सञ्चालन गर्ने तयारी गरिरहेका छौ । 

सेवा, सुविधाले ग्राहकको मन जित्दै आएको होटल नर्वदाले थप सेवासुविधाहरु थप गर्दै जाने योजना बनाएको छ । सो होटलमा हाल ८ जनाले रोजगारी पाएका छन् ।