ईटहरी । इटहरीमा प्रत्यक्ष व्यापारलाई परिवर्तन गर्दै आम सर्वसाधरणको मागलाई परिपुर्ति गर्ने उदेश्यले एकेएम ग्रुप अफ कम्पनी चाँडै सञ्चालनमा आउने भएको छ । 

एकेएम ग्रुपले वेभ एप्सको उद्घाटन तथा मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । 

 कम्पनीले दैनिक उपभोग्य वस्तु खाद्यन्न लगायतका सामानहरुको विक्री वितरणका साथै ग्राहकहरु लाई उचित मुल्य सहित बोनसको पनी सुविधा दिने लक्ष्य सहित सञ्चानमा ल्याएको हो । 

पछिल्लो समय नेपालमा उत्पादन भएका उत्पादित वस्तु अन्तराष्ट्रिय बजार सम्म पुर्याउनका लागी र युवा तथा देशलाईनै आत्मानिर्भर बनाउनका लागी यस कम्पनिले महत्वपुर्ण भुमिका खेल्ने छ । IMG_1785

 नेपालमै उत्पादित कच्चा पदार्थको उचित उत्खनन गरि बिक्री गर्ने उदेश्यले मदन कुमार लिम्बु , खेम प्रसाद ढकाल, अमृत श्रीवाल र केदार प्रसाद उप्रती लगाएतले सञ्चालनमा ल्याउन लागेका हुन । 

यस कम्पनिले अवको केहि वर्षमा यहाबाट उत्पादन भएका बस्तु अन्तराष्ट्रिय बजारसम्म पुर्याउने लक्ष लिएको छ । 

 यसबाट मानिसको दैनिक जिवलमा परिवर्तत ल््याउन र आर्थिक हिसावले सक्षम बनाउन सदैव लागी पर्ने एकेएम ग्रुप अफ कम्पनीका निर्देशक केदार प्रसाद उप्रतीले बताए । 

नेपालकै स्रोत साधनको प्रयोग गरि युवाहरुलाई बैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता लाई यस कम्पनीले सहयोग गर्दै युवाहरुलाई रोजगारी दिने उदेश्यले सहित सञ्चालनमा ल्याएको पनी निर्देशक उप्रतीले जानकारी दिए । 

उद्घाटन तथा मोटिभेसन कार्यक्रममा विभिन्न जिल्लाका युवाहरुको सहभागिता रहेको थियो ।