धनकुटा । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम पालिका स्तरीय बार्षीक समीक्षा धनकुटा नगरपालिकामा सम्पन्न भएको छ । 

प्रदेश सरकार, प्रदेश नम्वर १ करूणा फाउन्डेसन नेपालको सहकार्य र धनकुटा नगरपालिका धनकुटाको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश सरकार करुणा फाउण्डेसन र धनकुटा नगरपालिकाको त्रिपक्षीय लगानि र सहकार्यबाट सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको धनकुटा नगरपालिका धनकुटाका प्रमुख चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा आर्थिक बर्ष २०७७÷०७८ मा भए गरेका कार्यक्रमहरूको समीक्षा गरि कार्यक्रममा देखिएका चुनौति तथा उपलब्धिको बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा गर्ने  क्रियाकलापलाई  सफल र फलदायी बनाउनेलगायतका बिषयमा छलफल गरीएको थियो ।

धनकुटा नगरपालिका धनकुटाका प्रमुख तामाङ्गको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत, प्रमुख प्रसासकीय अधिकृत राम बहादुर थापा, वडाअध्यक्षहरू, अपंगता संस्थाको प्रतिनिध, करूणा फाउन्डेसन प्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयंसेवक प्रतिनिधि एक जना र सहजकर्तालगायतको उपस्थिति रहेको थियो ।