• तेजबहादुर बन

इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गएको वर्षदेखि बन्द   छ । गत वर्ष   पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । आन्तरिक पर्यटकहरूलाइ लक्षित गरि खोलिएको उक्त होटल लगाउन उठाउन नसकेर बन्द हुन पुगेको छ । त्यस्तै इटहरी ६ बिपि चौकस्थित सगुन होटल यो वर्ष देखा परेको नया भेरियन्ट सहितको दोश्रो चरणको कोरोना संक्रमणका कारण बन्द हुन पुग्यो ।

  इटहरी जस्तो शहरमा महंगो सटर भाडा र लगानि उठाउनै मुस्किल परेपछि सो होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरिमा साना तथा ठुला गरि ९ वटा होटलहरू बन्द भएको होटल ब्यवसायी संघ इटहरी जनाउछ । सरकारले जोखिमको बेला व्यवसायि हकहितका लागि लाभहुने र राहतको प्याकेज ल्याउन नसकेपछि लाखौ लगानी गरि खोलिएका होटलहरू धमाधम बन्द हुने अवस्थामा पुगेको होटल ब्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउनुहुन्छ ।

यस वर्ष देखा परेको दोश्रो चरणको कोरोणाबाट साना लगानिका होटलहरू धेरै प्रभावित हुन पुगेको संघको अवधारणा छ । इटहरीमा गएको बैशाख देखि साउन सम्ममा ६ वटा साना र ३ ठुला गरि ९ वटा होटलहरू बन्द भएको संघ बताउछ । आन्तरि तथा बाहिय पर्यटकहरूलाइ लोभ्याउन र स्वोदेशि उत्पादनलाइ बिशेष प्राथमिकताका साथ नेपाली मौलिक खानाको पनि प्रवर्दन गर्दै स्थापना गरिएका होटलहरूलाइ बिपतको बेला सरकाले ठोस नीति ल्याउनुपर्ने संघका उपाध्यक्ष प्रकाश महतो बताउनुहुनछ ।

त्यस्तै होटल ब्यवसाय संगै पछिल्लो समय कोरोनाबाट नराम्रो संग प्रभावित बनेको पर्यटन ब्यवसायिहरूको पिडा पनि उस्तै देखिएको छ । सरकारले कोरोना त्रास देखाउदै अन्य क्षेत्रलाइ खुल्ला गरिरहदा पपर्यटन क्षेत्रलाइ सञ्चालनमा रोक लगाउदै आएको छ । यो संगै पर्यटन ब्यवसायिहरूको करोडौ लगानी जोखिममा परेको छ ।

आन्तरिक तथा बाहिय पर्यटहरूकालागि आकर्षक प्याकेजहरू अघि सारेर स्थापना भएका करोडौ लगानिका पर्यटकिय क्षेत्रहरू सिजनको बेला पनि सुनसान हुन पुगेपछि व्यवसायिहरूको करोडौ लगानी जोखिममा पर्दै आएको हो । बजार ब्यवसाय खोल्न अनुमति दिए जस्तै पर्यटकिय क्षेत्रहरूलाइ पनि सरकारले मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायिहरूको भनाइ छ । करिब ३० करोडको लगानीमा हालै मात्र स्थापना भएको इटहरी २ स्थित इपिल्याण्ड एण्ड वाटर पार्क सञ्चालनमा आउन नपाउदै कोरोनाको कहरमा परेपछि  करोडौ लगानी जोखिममा परेको व्यवसायिहरूले बताएका छन । सञ्चालक मध्येका भिम पौडेलले नेपालकै नमुना पार्क भनेर स्थापना गरेपनि सञ्चालन हुन नपाएपछि आफुहरूको करोडौ रकम डुब्ने खतरा देखिएको बताए ।

 अन्य व्यवसाय सुचारू भइरहदा पर्यटन क्षेत्रलाइ पनि स्वास्थ्य मापदण्ड बनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायहरूको माग छ । कोरोना रोकथाम तथा न्युनिकरण कालागि प्रसाशनले जारी गरेको लकडाउन खुकुलो हुदै गएपनि पर्यटन क्षेत्रलाइ अझै बन्दि बनाइदा व्यवसायिहरू मार्कामा परेको पर्यटनविद तथा  होटल प्रिमियर एण्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउछन ।

त्यस्तै सरकारले सबै नागरिकहरूलाइ खोपको ब्यवस्था गरी पर्यटन क्षेत्रलाइ सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायिहरूलाइ तत्काल राहतको प्याकेज ल्याइनुपर्ने अर्का पर्यटनविद तथा तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर मगरले बताउनुभयो ।