मोरगं । धार्मिक पर्यटकीय क्षेत्र मोरगंको नयाँ वृन्दावनमा पर्यावरण संरक्षणका साथै धार्मिक पर्यटकीय गतिविधिमा सघाउ पुर्याउने उद्धेश्यले धार्मिक महत्व राख्ने विभिन्न जातका विरुवा वृक्षारोपण गरिएको छ ।
विश्वकै सवै भन्दा ठुलो गाईको प्रतिमा निर्माण भई रहेको नयाँ वृन्दावन गौशाला क्षेत्रमा धार्मिक महत्व राख्ने कपुर ,अमला , बेल , स्वामी,फलफुल लगायतको वृक्षारोपण गरिएको हो ।
पर्यावरण तथा वातावरणीय संरक्षणमा जोड दिदै धार्मिक पर्यटकहरुको घुईचो लाग्ने वृन्दा वन गौशाला क्षेत्रमा धार्मिक महत्व राख्ने विभिन्न जातका एक सय विरुवाहरु लगाइएको रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाले वताईन ।
उनले वृक्षारोपण मात्र नगरेर रोपिएका विरुवाहरुको संरक्षण गरेर हुर्काउने सम्मको भुमिका आफूले खेल्ने वताईन ।
राधाकृष्णको आकर्षक मन्दिर सहित निर्माणाधिन अवस्थामा रहेको विश्वकै सवै भन्दा ठुलो गाईको प्रतिमा हेर्नका लागि यस क्षेत्रमा धार्मिक पर्यटकहरु उल्लेखिय रुपमा आउने गरेका छन ।
१२ विघा क्षेत्रफलमा रहेको यो धार्मिक क्षेत्रमा विभिन्न समयमा विभिन्न संघसंस्थाले लगायतका एक हजार देखि १२सय सम्म विरुवाहरु हुर्कने क्रममा रहेको नयाँ वृन्दावन गौशाला राधेश्याम सेवा ट्रष्टका संरक्षक पण्डित दिनबन्धु शास्त्री वताए । यस क्षेत्रमा लगाईएका विरुवाहरु हुर्किए धार्मिक पर्यटकहरुलाई आकर्षित गर्ने देखि लिएर इटहरी तथा सुन्दरहरैचा आसपासको क्षेत्रमा वातावरणिय हिसावले ठुलो टेवा पुर्याउने शास्त्रीले विश्वास लिएका छन ।
रोटरी क्लवको २५ औं वार्षिक उत्सवको अवसर पारेर पर्यावरण संरक्षणका लागि वृक्षारोपण गर्ने देखि लिएर विभिन्न कार्यक्रम गरी मनाउदै आएकोमा वृक्षारोपणकै अवसरमा नयाँ वृन्दावन गौशालामा संस्कृति शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीका साथै खाद्यान्न समेत उपलव्ध गराइयो ।
रोटरी क्लव अफ इटहरीले विद्यार्थीहरुका लागि चामल ४०केजी भुजा १बोरा, मास्क ३हजार सेनिटाइजर १लिटर ,दाल ६केजी चिनी १० केजी सोयाविन ३केजी चना ५ केजी तेल १ काटुन , आटा १०केजी अचार २ केजी र गौशालामा रहेका गाईका लागि २ बोरा चोकर र एक वोरा नुन समेत उलपव्ध गराइयो ।
वृक्षारोपण तथा सहयोग सामाग्री वितरण कार्यक्रममा इटहरी उपमहानगरपालिका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी , रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु अनन्त विष्ट , अनिता अधिकारी , कार्यक्रम संयोजक जिवन शेर्मा सहित रोटरी क्लव र रोट्याक्ट क्लव आवद्ध विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सुनसरी र मोरगंको संगम स्थलमा रहेको वुढिगंगा नदी किनाराको पुर्व तर्फ मोरगंमा रहेको नयाँ वृन्दा वन गौशाला क्षेत्रमा आन्तरिक तथा वाह्य धार्मिक पर्यटकहरु समेत आउने गरेका छन । यहा सबै गोत्रका ऋषिहरुको प्रतिमा लगायतका विभिन्न समयमा हुने अनुष्ठानहरुले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउदै आएको छ ।




















