मोरगं  ।  दुग्ध संकलन तथा विक्री वितरण गर्दै आएको मोरगंको बनिगामा दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य पद्धार्थहरु आफै उत्पादन गरि विक्री वितरण गर्ने भएको छ ।

   मोरगंको  ग्रामथान ७ मा रहेको बनिगामा दुग्ध उत्पादक सहकारी संस्थाले नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनासंग दुध तथा दुग्ध पद्धार्थको उत्पादन तथा विविधिकरण र बजारिकणका लागि सम्झौता भए बमोजिम दुग्धजन्य पद्धार्थहरु उप्पादन गरी विक्री वितरण गर्न लागिएको सार्वजनिक सुनुवाई गरि जानकारी गराइएको हो ।IMG_1295

     उध तथा दुग्ध पद्धार्थ उत्पादनका लागि उद्योग संचालन गर्न लागेको विषयमा सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा दुई करोडको लागतमा उद्योग सञ्चालनमा ल्याइने वताइयो ।

प्रदेस नम्बर १ भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रमुख डा. पशुपति ढुंगानाको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाईमा दुग्ध उत्पादक सहकारी सञ्चालनमा आएपछि किसानले सोझै सहकारीसंग कारोवार गर्ने हुदाँ किसानहरु ठगिनबाट जोगिएको समेत सो अवसरमा जानकारी गराइयो ।IMG_1314

सार्वजनिक सुनुवाईका क्रममा हाल उक्त दुग्ध उत्पादक सहकारीले दैनिक  २३सय लिटर दुध संकलन गरि विक्री वितरण गर्दै आएका उद्योग संचालन भई सकेपछि दैनिक ५हजार लिटर दुध संकलन हुने तथा दुध तथा दुग्ध जन्य पद्धार्थको उत्पादन गरी सोही परिमाणमा विक्री गर्ने लक्ष्य राखिएको सदस्य राधेप्रसाद तिमल्सेनाले जानकारी दिए ।

दुग्धजन्य पद्धार्थ उत्पादन गर्ने गरी उद्योग संचालनमा आएपछि त्यस क्षेत्रका किसानहरुलाई दुध विक्रीका लागि टाढा जानु  अवस्था नआउने सहकारीका सदस्य यादव ढकालले वताए। सार्वजनिक सुनुवाईमा सो क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।