इटहरी । होटल व्यवसायी संघ इटहरीमा आवद्ध एक सय जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन ।
जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य कार्यालय सुनसरीसंग होटल व्यवसायी संघ इटहरीले पाँच सय वढी खोप उपलव्ध गराउन माग गरिएकोमा पहिलो चरणमा उपलव्ध गराइएको एक सय खोप व्यवसायी तथा कर्मचारीले लगाएका हुन ।
कोरोना संक्रमण नियन्त्रण , रोकथाम र न्युनिकरणका लागि होटल तथा पर्यटन क्षेत्रमा काम गर्नेहरुलाई खोप अपरिहार्य रहेको भन्दै संघले व्यवसायी तथा कर्मचारीहरुका लागि खोप माग गरे वमोजिम पहिलो चरणमा आएको एक सय खोप संघमा आवद्ध व्यवसायी तथा कर्मचारीले लगाएको संघ अध्यक्ष जीवन पराजुलीले वताए । उनले आफुहरुले माग गरेर होटल तथा पर्यटन व्यवसायसंग आवद्धहरुका लागि माग गरेर आएको खोप इटहरी उपमहानगरपालिकाले कटौती गरेका कारण माग अनुसारको खोप लगाउन नसकिएको समेत अध्यक्ष पराजुलीले जानकारी दिए । अब चाडै फेरि होटल तथा पर्यटन व्यवसायीहरुका लागि पुनः खोप माग गरि सबैलाई लगाउने व्यवस्था मिलाउने समेत पराजुलीले वताए । इटहरी क्षेत्रमा रहेका साना तथा ठुलो सवै होटल तथा पर्यटन व्यवसायमा आवद्धहरका लागि खोप उपलव्ध गराउन संघले पहल गर्ने जनाइएको छ ।




















