भोजपुर / भोजपुर जिल्लाको आमचोक गाउपालिका वडानम्बर ९ मा स्थानिय तहको निर्वाचन पश्चात् विकाशले गतिएको छ । भोजपुर जिल्लाकै विकट स्थानमा रहेको यश वडा स्थानिय सरकार पाए पश्चात् भने एउटा बेग्लै र सुन्दर वडाको रुपमा आफ्नो परिचय बनाउदै गएको छ । 

सडकलाई मुख्य प्राथमिकता दिई विकाश निर्माण भैरहेको यश वडामा स्थानिय सरकार गठन भएको ४ वर्षभित्रमै सम्पुर्ण टोलमा सडक पुगेको यसै वडाका वडा अध्यक्ष बम बहादुर श्रष्ठले जानकारी दिनुभयो । श्रेष्ठले सडक निर्माण लात्राङ् भन्ने स्थानमा बाटो नपुगेतापनि यसै पल्ट पुर्याउने लक्ष्य  रहेको बताउनु भएको छ । स्वच्छ पानी पिउछौ हामी भन्ने नारा अनुसार  ५४५ घरधुरी रहेको यश वडामा हाल संम लगभग २५० घर धुरीलाई एक घर एक धारा मिटर जडान सहित शुद्द खानेपानि पुर्याई सकेतापनि निकट भविष्यमै हामी संपुर्ण घरदुरीमा खानेपानि पुर्याउने बताउनु भएको छ । शिक्षामा आमचोककै नमुना विद्यालय बनाउने उदेश्यले हाल जन शिक्षा प्रवि लाई अघि सारीएको छ भने स्वास्थ्य तथा खेलकुदलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईको जन्म स्थान रहेतापनि प्रदेश बाट खासै उल्लेख्य योजना नपर्नुमा भने केही गुनासो रहेको जानकारी गराउनु भयो । भोजपुर र उदयपुर जोडिने पुल निर्माणमा देखिएको ढिलाईले विकाश निर्माणमा सदैप्रश्न उठ्ने उहाको भनाई रहेको छ। त्यसै गरि प्रदेशले जोगे पाचथर दुम्माना तथा बयाङ पावला आमबोटे दुम्मानाको सडकको स्थार उन्नति गर्दिए प्रदेश सरकार समेत स्थानियको दुखमा संगै भएको आवास हुने थियो भन्नु भएको छ । चुनावमा गरिएको घोसणा पत्रमा आफुले बृद्ध बुवा आमा संघ गरेको बाचा पूरा गर्न नसक्नु आफ्नो कमजोरी रहेको जानकारी गराउनु भयो । एउटा कमर्षियल बैक रहेतापनि सोचे अनुसारको शुविधा नदिनुले गर्दा आफुलाई निकै दुख लागेको बताउनु भयो । त्यसै गरि म मेरै कार्यकालमा ९ नम्बरकै एक पर्यटकिय स्थलको रुपमा डुङङ्गे गुफालाई परिचय दिलाउने योजना रहेको जानकारी गराउनु भएको छ । यश गुफाले निकै संभावना बोकेतापनि खासै कसैले चासो भने दाखाएका छैनन् तर छिटै आमचोक गा.पा. पछि यसै गुफाको उपनामले समेत यश गाउपालिकालाई चिनिने उहाले बताउनु भएको छ। यता वडाको विकाश देखेर स्थानिय  समेत खुसि भएका छन। स्थानिय  रोशन मगरले यति छोटो  समयमा सडक स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखि वडाको दुख बुजि विकाश निर्माणमा कुनै कमिहुन नदिनुमा यश वडाका वडा अध्यक्षको मुख्य हात रहेको बताए उनेल त्यसैमा थपे वडा अध्यक्ष बम बहादुर श्रेष्ठ भए पश्चात् उहाँ माथि राजनैतिक इसु राखि थुप्रै आरोप लगाएता पनि उहाँ त्यस्ता आरोपको पछि नपरी विकाश गर्नु हुहाको एउटा सफल कार्यकाल हुने बताएका छन् ।