इटहरी । एमसिसी नेपालको हितमा नभएको भन्दै एमसिसी सम्झौता नगर्न नेपाल सरकारसंग नेपाल बचाउ अभियानको नाममा आग्रह सहित चेतावती दिइएको छ।

  सुनसरीको इटहरीमा राष्ट्घाती एमसिसी सम्झौता खारेज गर्न नागरिक स्तरबाट ऐक्यवद्धता अभियान नेपाल बचाउ अभियानको  पत्रकार सम्मेलन गरी एमसिसी सम्झौता नगर्न आग्रह सहित चेतावनी दिएको हो ।

  नागरिक स्तरको अभियानको नाम दिएर आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसिसी नेपालको हितमा नभएकाले सम्झौता गर्न नहुने राधेश्याम पौडेलले वताए ।

 एमसिसी नेपालको हितमा नहुने ठहर गर्दै सम्झौता नगर्न जनमत तयार पार्न अभियानले घरघरमा पुगेर नेपाली जनतालाई जनजागरण गर्ने समेत सो अवसरमा जानकारी गराईयो ।

  एमसिसी खारेजीको माग राख्दै सरकारलाई दवाव दिन संसदहरुलाई एसएमएस गर्ने लगायतका अभियान समेत चलाउने जनाइएको छ ।

  पत्रकार सम्मेलनमा नरेन सुब्बा, मोहन दाहाल , अर्जुन आचार्य , चेवन कोइरालाले एमसिसी नेपालको हितविपरित भएको वताएका थिए ।