धनकुटा । आफ्नो हरेक जन्म दिनको अवसरमा कुनै न कुनै सामाजिक काम गर्दै आएको  प्रिन्सिपलले यस्पटक भने आफु जस्तै कोरोेना संक्रमितहरूलाई खाध्यान्न वितरण गर्दै जन्म दिन मनाउनु भएको छ ।

कोभिड संक्रमित तम्मोर भ्याल्ली बोडिङ्ग स्कुलका प्रिन्सिपल एवं सञ्चालक दुर्गा प्रसाद लुईटेलले आफु जस्तै कोभिड संक्रमित २१ जना लाई हर्लिक्स विस्कुटलगायतका खाध्यान्न वितरण गर्दै आफ्नो ४६ औं जन्मोत्सव मनाउनु भएको हो ।

धनकुटा नगरपालिका आत्मारा स्थित निर्माणाधीन औंधोगिक ग्राममा सञ्चालनमा आएको आईसोलेसनमा रहेका स्वास्थ्यकर्मी, संक्रमित, संक्रमितका कुरूवालगायतलाई उक्त खाध्यान्य वितरण गरेर जन्मोत्सव मनाएको हो । 216470928_569341390751664_1219007912788969239_n

 आफु कोरोना संक्रमित भएर उपचाररत रहेको समयमा पनि आफु जस्तै विरामिको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खानेकुरा खुवाएर ईम्युनिटि पावर बृद्दि गर्न हर्लिक्सलगायतका खाध्यन्न वितरण गरिएको उहाँकि धर्मपत्नी देवका लुईटेलले जानकारी दिनुभयो ।

संक्रमित अवस्थामा रहँदा स्वस्थ्यकर्मी बाट पाएको सेवा अत्यन्तै उत्कृष्ट र सन्तोषजनक रहेको भन्दै कोभिड संक्रमितहरूलाई गरेको सहयोग र बिरामि प्रति देखाएको व्यावहार जस्ले गर्दा आधा रोग निको हुने बताउदै प्रिन्सिपल लुईटेलले खुुसि ब्याक्त गर्नु भयो ।