इटहरी । कोरोनाबाट जनतालाई सुरक्षित वनाउन नेपाल सरकारले खोप लगाउने कार्य गर्दै आएपनि स्वास्थ्य सुरक्षा मापदण्ढ पुरा नगरी सञ्चालन गरिएका खोप केन्द्रबाट अझ जोखिम वढेको सर्वसाधारणले गुनासो गरेका छन ।

     सुनसरीको इटहरीको जनता माध्यमिक विद्यालय खोप केन्द्रमा खोप लगाउन आएकाहरुले खोप केन्द्र व्यवस्थित नगरिएको कारण न्युनिकरण भन्दा जोखिम वढेको गुनासो गरेका हुन ।

   नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भौतिक दुरी दुई मिटर कायम गर्न सुचना जारी गर्दै आएपनि खोप केन्द्रमा सो पालना नभएको कारण कोरोना सर्ने डरले आफु लाइनमा नगएको खोप हान्न आएका जितेन्द्र श्रेष्ठले गुनासो गरे ।snapshot_037

सुनसरीमा हाल ५५ वर्ष माथिका नागरिक विश्वविद्यालय विद्यालयका शिक्षक कर्मचारी तथा सार्वजनिक सवारी चालक सहचालकहरुलाई भेसोसेल खोप विभिन्न खोप केन्द्रहरुवाट लगाउने कार्य हुदै आएको छ ।

 सुनसरीको इटहरी क्षेत्रमा मात्र हैन सवै खोप केन्द्रहरुमा खोप लगाउन आउने मानिसहरुको संख्या अत्याधिक भएको कारण अव्यवस्थित भएको देखिन्छ।snapshot_027

   इटहरीमै खोप लगाउन आएका इटहरी ८का टिकाराम पराजुली भिड लामो भएको कारण सवैले खोप लगाउने सक्ने अवस्था नदेखेको तथा व्यवस्थापन राम्रो नहुदाँ उल्टै कोरोना सर्ने जोखिम देखिएको वताए । उनले कर्मचारी थपेर , अनाईनबाट नाम दर्ता गराएर दर्ता अनुसार गर्दा भिड तथा जोखिम कम हुन सक्ने सुझाव दिए ।

   खोप केन्द्रमा खोप लगाउन आएका मानिसहरुको अत्याधिक भिडका कारण जेष्ठ नागरिकहरु समेत लामो समय देखि लाइनमा बसिरहेको देखिन्थ्यो ।