मोरङ । मोरङको उर्लाबारीमा सफल व्याबसायीक छवि बनाएका सुरेन लिम्वु उर्लाबारीका युवाहरु माझ लोकप्रिय नाम हो ।

लिम्बुलाई उर्लाबारीमा सरल, सहज, मिजासिलो र मनकारी स्वाभावका युवाका रुपमा लिइने गरीन्छ ।

परोपकारी स्वाभावका युवा व्यावसायी लिम्वुले पछिल्लो समय सामाजिक क्षेत्रमा निकै चासो र उत्सुक्ताका साथ आफुलाई उभ्याउदै आएका छन् ।

युवा व्यावसायी लिम्वुको समुहले केही समय अगाडी उर्लाबारीमा संचालित कोभिड उपचार केन्द्रमा सहयोग गरी कोभिड उपचारमा स्थानिय सरकारलाई सहयोग पुर्‍याएको थियो ।

यस्तै लिम्वुले कोरोना संक्रमण संकटमा मलम लगाउन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर मगलबारेमा उपचाररत विरामीहरुलाई खध्य सामाग्री तथा पौष्टिक आहार व्यावस्थापन गर्नका लागि २० हजार आर्थिक सयोग पनि गरे ।

व्यावसायिक क्षेत्रमा सफलता हात पारेका लिम्वूले पछिल्लो समय पुनः फेरी एकपटक आफ्नो सामाजिक जिम्मेवारीलाई पुरा गर्दै उर्लाबारी-३ स्थित चन्दनेमा मन्दिर निर्माणमा सहयोग गरेका छन् ।

लिम्बुले चन्दनेमा निर्माणाधिन सन्सारी माई जल्पादेबी देबीस्थानको मन्दिर निर्माणका लागि १० हजार १ सय ५ रुपैया आर्थिक सहयोग गरेको स्थानिय विशाल बोहोराले जानकारी दिए ।

सोमबार सो मन्दिर निर्माणका लागि लिम्वुले मन्दिर निर्माण व्यावस्थापन समितिका आर्थिक समिति सदस्य कुल बहादुर थापालाई रकम प्रदान गरेका हुन ।

लिम्वुले रकम प्रदान गर्दै आवश्यकता परेको खण्डमा अन्य समयमा पनि साथ सहयोग रहने प्रतिवद्धता जाहेर गरेका छन् ।