इटहरी । कोरोना कहरका कारण रक्तदान कार्यक्रमहरु कम हुँदा अस्पतालहरुमा रगत अभाव भई रहेको तर्फ मध्यनजर गर्दै इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८४जनाले रक्तदान गरेका छन ।

  होटल व्यवसायी संघ इटहरीका उपाध्यक्ष प्रकास महतोको संयोजकत्वमा  मावन उपचारका लागि चाहिने रगत अभाव नहोस भनेर आयोजना गरिएको रक्तदान कार्यक्रममा  ८४जनाले रक्तदान गरेका हुन ।

    कोभिडको महामारी भएको समयमा रक्तदान कार्यक्रमहरु कम भई रहेका कारण नेपाल रेडक्रस सोसाईटी इटहरीले रक्तदान कार्यक्रम गर्न आग्रह गरे बमोजिम रगत अभावमा कसैले पनि मर्नु नपरोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले वताए ।IMG_9949

    रक्तदान कार्यक्रमहरु कम भएका कारण पुर्वका अस्पतालहरुमा विरामीका लागि अवश्यक पर्ने रगत अभाव हुन थालेको तर्फ मध्यनजर गर्दै होटल व्यवसायी संघ इटहरी , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र समुदाय प्रहरी साझेदारी इटहरीले  संयुक्त रक्तदान आयोजना गरेको हो ।

 सो रक्तदान कार्यक्रममा रक्तदान गर्न आएकी सुषमा चापागाईले मेरो रगतले कसैको जीवन वाचोस भनेर रक्तदान गर्न आएको भन्दै अरुलाई पनि रक्तदान गर्न आग्रह गरिन ।

  नेपाल रेडक्रस सोसाई इटहरीका सभापति विमल पौडेलले अहिलेको समयमा रक्तदान कार्यक्रमहरु कम भईरहेकाले इटहरी क्षेत्रका संघसंस्थाहरुलाई रक्तदान गर्न आग्रह गर्दै आएको वताए ।

 उनले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानमा वार्षिक रुपमा संकलन हुने रगतमा इटहरी क्षेत्रबाट मात्र ३५ देखि ४० प्रतिसत हुने गरेको भन्दै अहिलेको समयमा रक्तदान कार्यक्रमहरु कम भईरहेकाले रक्तदान गर्न अरुलाई समेत आग्रह गरे ।

  कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसी , उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो .    कोरोना कहरका कारण केही महिना यता देखि पुर्व क्षेत्रमा रक्तदान कार्यक्रमहरु कम हुँन थालेका छन ।  


((