इटहरी । माछा ,बंगुर र भैषि पालनमा देशमै प्रदेस नम्बर १ अगाडि रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कका पशु तथा मत्क्ष्य अनुसन्धान निर्देशक स्वयम प्रकास श्रेष्ठले वताएका छन ।

     कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १ तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको तेस्रो चौमाशिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठीका लागि तरहरा आइपुगेका  निर्देशक श्रेष्ठले माछा ,बंगुर र भैषि पालनमा प्रदेस नम्बर १ का किसानहरु अगाडी रहेपनि विभिन्न समस्या रहेको वताएका हुन  ।  IMG_9910

    नस्ल ,दाना पानी , रोग आदिलाई प्रामिकतामा राखेर वढी उत्पादन लिन सकिने गरी नार्कले अनुसन्धान गरिरहेको वताउदै निर्देशक श्रेष्ठले कृषि क्षेत्रको विकासका लागि नेपाल सरकारले कृषिमा अनुदानको व्यवस्था गर्नु पर्नेमा जोड दिए । विद्युतमा अनुदान , नस्ल सुधार, प्रविधि लगायतमा अनुदानको व्यवस्था गर्न सके किसानको कृषिमा किसानहरुको क्षमता वढाउन सकिने निर्देशक श्रेष्ठको तर्क रहेको छ ।

  कृषि क्षेत्रमा नयाँ जात र प्रविधिका विषयमा अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहराले अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गरेको  तेस्रो चौमाशिक  तथा वार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गरी समिक्षा गरियो   ।  कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक केशवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा  कृषि सचिव डा. राजेन्द्र उपे्रती लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।