धनकुटा । खानेपानीको समस्या झेल्दै आएका धनकुटाका केही सामुदायिक विद्यालयहरुमा वाटरटिटमेन्ट प्लाण्ट सहित खानेपानीको व्यवस्था मिलाइएपछि आफनै भाडामा पानी बोकेर विद्यालय आउनु पर्ने विद्यार्थीको झन्झट हटेको छ  ।

    राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्र्तगत रहेको जिल्ला आयोजना इकाई शिक्षा धनकुटाले जिल्लाका केही सामुदायिक विद्यालयहरुलाई वाटरटिटमेन्ट प्लाण्ट सहितको खानेपानीको व्यवस्था मिलाई दिएपछि पानी बोकेर आउनु पर्ने विद्यार्थीको झन्झट हटेको हो ।

   धनकुटाका विभिन्न २२ विद्यालयहरुमा आयोजना इकाईले खानेपानीका लागि वाटरटिटमेन्ट प्लाण्ट सहितको खानेपानीको व्यवस्था मिलाएको इकाईका प्रमुख नारायणप्रसाद निरौलाले जानकारी दिए ।snapshot_052

 वि.सं. २०७२को भुकम्पले विद्यालयमा पुर्याएको क्षतिको आधारमा भवन ,खानेपानी , शौचालय निर्माण लगायतका क्षेत्रमा काम गर्दै आएको जिल्ला आयोजना इकाई धनकुटाले केही विद्यालयमा भवन कोठा, शौचालय निर्माण र २२वटामा खानेपानीको व्यवस्था मिलाएको प्रमुख निरौलाले वताए ।snapshot_121

   फरक क्षमताका विद्यार्थीहरुलाई आवास सहित शिक्षा दिदै आएको मार्गेश्वरी आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई नुहाउन लुगा धुन समेत पानीको समस्या हुदै आएकोमा आयोजनाबाट पानीको व्यवस्था गरिदिएपछि सहज भएको विद्यालयका प्रध्यानाध्यापक टेकवहादुर खत्री वताउछन ।

    धनकुटाको सहिदभुमि गाउँपालिका ७मा रहेको टप्पुदेवी माध्यमिक विद्यालयका प्रध्यनाध्यापक रमेश पौडेल आयोजनाले वाटरटिटमेन्ट प्लाण्ट सहित पानीको व्यवस्था गरिदिएपछि विद्यार्थीले सफाशुद्ध पानी पिउन पाएको वताउछन । यस भन्दा अघि विद्यार्थीहरुले आफनै भाडामा पानी बोकेर आउने गरेको समेत प्रअ पौडेलले जानकारी दिए ।

  जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा धनकुटाले २०७२ साल देखि धनकुटामा भुकम्पबाट प्रभावित भएका  विद्यालयहरुको भवन कक्षा कोठा , शौचालय , खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।