पाँचथर । पाँचथरका एक समाजसेवी युवाले तीन स्थानीयतहलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन । कुम्मायक गाउँपालिका—२  घर भई हाल दक्षिण कोरियामा श्रम गर्दै आएका गजेन्द्र शेर्माले ४ लाख मुल्यको स्वास्थ्य सामाग्री वितरण गरेका हुन । कोभिड १९ को रोकथाम तथा न्यूनीकरण गर्न शेर्माले गाउँपालिकावासी नागरिकलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । जिल्लाको कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकावासी नागरिकको लागि १ सय ४७ थर्मलगन र १९ हजार ९ सय सर्जिकल माक्स बितरण गरेका छन । शेर्माको परिवारले तीन वटै गाउँपालिकाको ८ वटा वडामा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।

कुम्मायक गाउँपालिकाको ५ वटा वडामा ९३ वटा थर्मलगन र २ नम्बर वडामा ४ हजार ९ सय ९४ वटा सर्जिकल माक्स बितरण गरेको शेर्माका दाजु घनेन्द्र शेर्माले जनाए । ३७ वटा सामुदायिक विद्यालय, वडा कार्यालय, महिला स्वास्थ्य स्वायमसेविका, स्वास्थ्य चौकी र संघ सस्थाहरुलाई थर्मलगन बितरण गरिएको शेर्माले बताए । 

वडामा प्राप्त भएको थर्मलगनले संक्रमितका साथै  अन्य नागरिकको तापक्रम नाप्न सहज भई स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थप सहयोग पुग्ने कुम्मायक—२ स्थीत माङजाबुङ स्वास्थ्य चौकीका प्रमुख सुचिन्द्र मेहताले बताए ।

त्यस्तै मिक्लाजुङ गाउँपालिकाको सराङडाँडाँ १ र २ नम्बर वडामा ३५ थान थर्मगन र ६ हजार ४ सय माक्स बितरण गरेको छ । महामारीको समयमा श्रम र पसिना बगाएर कमाएको पैसाले पुन्यको काम गरेको भन्दै २ नम्बर वडाका अध्यक्ष सन्तकुमार शेर्माले  प्रसंशा गरे । उनले वडाले थर्मलगन जुटाउँन नसेको समयमा थर्मलगन सहयोग गरेर वडालाई ठुलो गुन लगाएको भन्दै वडावासीले यो गुनलाई कहिले पनि भुल्न नसकिने बताए ।  

त्यसै गरी फाल्गुनन्द गाउँपालिकाको ६ नम्बर वडामा १४ थान थर्मलगन र ४ हजार ५ सय माक्स हस्तान्त्रण गरेको परिवार श्रोतले जनाएको छ । स्थानीय सरकारले गर्मलगन व्यवस्थापन गर्न नसकेको अवस्थामा प्रत्येक टोल—टोलमा थर्मलगन सहयोग गरेको भन्द्रै शेर्माको सहयोग स्मरण योग्य भएको वडा अध्यक्ष नारायण प्रसाद आङदेम्बेले बताए । 

 यस अघि पनि शेर्माले कुम्मायकको २ नम्बर वडा वडावासीलाई २ लाख १६ हजार मुल्यको अक्सिजन, सेनिटाइजर र सर्जिकल माक्स बितरण गरेका थिए । यो संगै उनले दक्षिण कोरियाबाटै व्यक्तिगत खर्चमा ६ लाख १६ हजारको स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।