इटहरी । ग्राहकहरुसंग प्रत्यक्ष रुपमा नजिक रहेर काम गर्नु पर्ने होटल व्यवसायसंग जोडिएका व्यवसायी तथा कामदारहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोभिड १९ विरुद्धको खोप उपलव्ध गराई दिन होटल व्यवसायी संघ इटहरीले प्रशासनसंग आग्रह गरेको छ । 

     होटल व्यवसायीहरुको साझा संस्था होटल व्यवसायी संघ इटहरीले जिल्ला प्रशासन कार्यालय तथा  स्वास्थ्य कार्यालय सुनसरीसंग व्यवसायी तथा कामदारहरुका लागि खोप व्यवस्था गरिदिन आग्रह गरेको हो । 

  होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली लगायत होटल व्यवसायीहरु जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई लिखित रुपमा खोप उपलव्ध गराई दिन आग्रह गरेका हुन ।219758866_559983738494802_9069288500582680706_n होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली तथा महासचिव जयप्रसाद उपाध्यायको हस्ताक्षर रहेको सो पत्रमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ सर्न सक्ने जोखिमको अग्रपतिमा रहेर काम गर्नु पर्ने होटल व्यवसायीहरुलाई खोपको प्राथमिकतामा राखिदिन आग्रह गरिएको छ । सो क्रममा उद्योग वाणिज्य संघ इटहरीका पुर्व वरिष्ठ उपाध्यक्ष इश्वरी पराजुली ,  जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजवहादुर पुरी होटल व्यवसायी संघ इटहरीका उपाध्यक्ष कृष्ण निरौला ,प्रकास महतो लगायतका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।