धनकुटा ।  जंगली जनावरले स्थानीयको बाली खाने तथा पुर्याउदै आएको नोक्सानी रोक्न  धनकुटामा जंगल क्षेत्रमै फलफुलका विरुवा रोप्न थालिएको छ ।

      डिभिजन वन कार्यालय धनकुटाले जंगली जनावर तथा चराहरुले स्थानीयको बालीमा पुर्याउदै आएको नोक्सानी रोक्न सहयोग पुर्याउने उद्धेश्यले जंगलमै जंगली जनावरका लागि आहाराको व्यवस्था गर्न फलफुलको विरोध रोप्न थालेको हो ।  

   जंगली जनावर बाँदर ,दुम्सी , लोकरके लगायतले धनकुटाका विभिन्न ठाउँमा जंगल आसपासका क्षेत्रका स्थानीयको बाली खाने तथा नोक्सानी गर्ने गरेको तर्फ मध्यनजर गर्दै जंगली जनावरहरुका लागि जंगल क्षेत्रमै फलफुल लगाउन थालिएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख मेघराज राईले वताए ।snapshot_101 उनले डिभिजन कार्यालयले गर्ने वृक्षारोपणमा २० प्रतिशत जंगली जनावर तथा चराहरुका लागि फलफुल लगाउन थालिएको वताउदै जंगल क्षेत्रमा चिउरी , जामुन, क्यामुन, बडर लगायतका फलफुलका विरुवाहरु रोप्न थालिएको जानकारी दिए ।

  जंगल क्षेत्रमै फलफुल फल थालेपछि स्थानीयको खेतवारीमा गएर जंगली जनावरहरुले दुःख दिने कार्यमा कमी आउने विश्वास गरिएको छ । जंगल नजिकै रहेको निजी खेतवारीमा जंगली जनावरले क्षति नपुर्याउने तथा आम्दानी राम्रो लिन सकिने वाली तथा विरुवाहरु लगाउन समेत डिभिजन वन कार्यालयले स्थानियलाई सुझाउदै आएको छ । डिभिजन वन कार्यालयले जंगली जनावरले पुर्याउने क्षति न्युनिकरणका लागि जंगल क्षेत्रमा फलफुल लगाउने काम मात्र नभएर वाढी पहिरो नियन्त्रणमा समेत सहयोग पुगोस भनेर भिरालो जमिन , सुःखा जमिन र कमलो पहाडी क्षेत्रमा समेत विभिन्न जातका विरुवाहरु वृक्षारोपणमा जोड दिदै आएको  छ ।