धनकुटा । फरक क्षमता भएका विद्यार्थीहरुलाई पढाउनका लागि दरवन्दी अनुसार शिक्षक नहुँदा धनकुटाको श्री मार्गेश्वरी प्राथमिक विद्यालयमा पठन पाठनमा समस्या हुँदै आएको छ ।

  विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका ३० जना फरक क्षमताका विद्यार्थीहरु अध्ययनरत रहेको  श्री मार्गेश्वरी प्राथमिक विद्यालयमा दरवन्दी अनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या हुँदै आएको हो ।

 वि.सं. २०४०सालमा स्थापित सो विद्यालयले २०५३साल देखि फरक क्षमताका विद्यार्थीहरुलाई पठनपाठन गराउदै आएकोमा गत वर्ष फरक क्षमताका विद्यार्थीहरुलाई पठाउने शिक्षकको अवकास भएपछि फरक क्षमताका विद्यार्थीहरुको पठनपाठनमा समस्या हुदै आएको विद्यालयका प्रध्यानाध्यापक टेकवहादुर खत्री वताउछन ।snapshot_059

 फरक क्षमताका विद्यार्थीहरुलाई पढाउनका लागि सांकेतिक तथा दोभाषे शिक्षक हुँदा राम्रो हुने भएपनि विद्यालयमा हाल फरक क्षमताका विद्यार्थी पढाउनका लागि दरवन्दीका शिक्षक नभएको कारण निजी स्रोतबाट एक जना शिक्षक राखिए पनि विद्यार्थी संख्या अनुसार प्रयाप्त नभएका कारण सम्वन्धीत निकायसंग दुई जना शिक्षकको व्यवस्था मिलाई दिन आग्रह गर्दै आएको समते प्रअ खत्रीले जानकारी दिए ।

   विद्यालयका लागि भौतिक पुर्वाधार राम्रो भएपनि फरक क्षमताका विद्यार्थीहरु पढाउनका लागि दरवन्दीमा शिक्षक नहुँदा समस्या हुदै आएको धनकुटा नगरपालिका वडानम्बर ४का वडाध्यक्ष जमसेर राई पनि वताउछन । वडाध्यक्ष राईले सम्वन्धीत निकायले दरवन्दीका शिक्षकहरु उपलव्ध गराई दिनु पर्ने वताउदै शिक्षक दरवन्दीका लागि आफुहरुको तर्फबाट पहल हुदै आएको जानकारी दिए ।

 सो विद्यालयमा हाल कक्षा १ देखि कक्षा ५ सम्म फरक क्षमता भएका ३० सहित एक सय १२ जना विद्यार्थी अध्ययनरत रहेका छन ।