मोरङ । मोरङको उर्लाबारी नगरपालिकाका १ सय भन्दा बढि विषेश क्षमता भएकाहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।
कोरोना संक्रमणका कारण मर्कामा परेका पालिकाका शारिरिक र बौद्धिक अपाङगता भएका परिवारलाई पूर्वाअञ्चल क्षेत्रिय आखा अस्पताल विराटनगर रानिले राहत वितरण गरेको हो ।
विगतका वर्षहरुमा अस्पतालले उनिहरुको लागि आखाको उपचार सेवा प्रदान गर्दै आएको भएता पनि यसपटक भने कोरोना महामहारीको चपेटामा परेको सो वर्गलाई उर्लाबारी नगरपालिकाको विषेश पहलमा राहत स्वरुप खाध्यान्न वितरण गरिएको उर्लाबारी वडा नम्वर २ का अध्यक्ष राजन कुमार कडेलले बताए ।
राहत लिन बैशाखी र दोस्रो व्याक्तिको साहारामा आएका विषेश क्षमता भएकाहरुले राहत प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् ।
कोरोना महामहारीका कारण दैनिकी नै प्रभावित भएको बेला क्षेत्रिय आखा अस्पताल विराटनगर र स्थानिय जनप्रतिनिधिको पहलमा खाध्यान्न राहत पाउदा खुशी लागेको स्थानिय व्यास कुमार लिम्वुको भनाई छ ।
कोरोनाले गर्दा पहिला जस्तो सजिलै ज्याला मजदुरी गर्ने अवसर छैन । घरमा छोरा अपाङग छ आफ्नै रोजगारीले घर चलाउनु पर्दा दुख छ, आज थोरै भए पनि राहत पाईयो अप्ठायारो परेका बेला पाएको राहतले काटेको ठाउमा मलम लगाउदा सित्तल भए झै भएको स्थानिय हर्क माया विकले सुनाइन् ।
आइतवार भएको राहत वितरण कार्यक्रममा उर्लाबारी-१,२र ३ का गरी ३६ घरपरिवारलाई राहत वितरण गरिएको थियो भने अघिल्लो दिन उर्लाबारी चौकमा गरिएको राहत वितरणमा अन्य वाडका लाई वितरण गरिएको थियो ।
कार्यक्रममा उर्लाबारी-३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, स्थानिय बुद्धिजिवीहरु लगाएतको उपस्थिती रहेको थियो ।