धनकुटा । कोभिड १९ प्रतिकार्य परियोजना अन्र्तगत नेपाल रेडक्रस सोसाईटी धनकुटाले समुदाय स्तरमा परिचालन हुने स्वयमसेवकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

  कोरोनासंग जोडिने डाटा संकलन तथा सचेतनाका लागि कोभिड १९ प्रतिकार्य परियोजना अन्तरगत १० जना स्वयमसेवकलाई कोरोनाका विषयमा जानकारी गराएर डाटा संकलनका लागि परिचालन गर्ने गरी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

रेडक्रस सोसाईटी धनकुटाका संयोजक मन्त्री छत्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा धनकुटा अस्पतालका  सुपरिटेण्डेण्ट डा. पुजन विकले डाटा संकलनमा खटिने स्वयमसेवकहरुलाई सहजिकरण गरेका थिए ।