धनकुटा । वैदेशिक रोजगारीमा युवाहरुको आकर्षण बढी रहेको समयमा  युवाहरुलाई चिया खेती तर्फ आकर्षित गर्न राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना धनकुटाले  अनुदानमा चियाको विरुवा वितरण गर्दै आएको छ ।

   स्वरोजगारमा जोड दिदै युवाहरुलाई चिया विस्तार योजना धनकुटाले व्यवसायीक रुपमा युवाहरुलाई चिया खेती तर्फ आकर्षित गर्न चियाका विरुवाहरु अनुदानमा उपलव्ध गराउने गरेको हो ।snapshot_081

    विदेशी बजारमा समेत नेपाली चियाको माग वढी रहेको तर्फ मध्यनजर गर्दै चिया खेती विस्तार योजनालाई अघि वढाउदै युवाहरुलाई अनुदानमा विरुवा उपलव्ध गराउने देखि आधुनिक तरिकाले खेतीका लागि चिया खेती सम्वन्धी तालिम , प्राविधिक सहयोग समेत चिया विस्तार योजना धनकुटाले उपलव्ध गराउदै आएको योजना प्रमुख विजयकुमार मिश्रले जानकारी दिए । 

 योजनाले धनकुटा भोजपुर र मोरगंमा चिया तथा कफि खेती विस्तारका क्षेत्रमा काम गरिएको समेत योजना प्रमुख मिश्रले वताए ।

नेपाली अर्थाेडक्स चियाको वास्ना ,गुणस्तर र स्वाद विदेशमा समेत मन पराउन थालिएपछि नेपाली चियाको माग विदेशमा समेत हुन थालेको छ । 

 चिया विस्तार योजना धनकुटाले अर्थाेडक्स १५ जातका चियाका विरुवाहरु वितरण गर्दै आएको छ । पहाडी क्षेत्र तथा तराईमा जुन ठाउँमा लगाउने हो त्यो ठाउँ अनुकुल हुने जातको सिफारिस समेत योजनाले गर्दै आएको छ ।

    चिया बगानमा काम गर्ने कामदारहरु समेत जीविकोपार्जनका लागि चिया खेतीले सजिलो वनाएको वताउछन । 

 परिवार चलाउने देखि लिएर छोरा छोरीलाई अध्ययन समेत गराउदै आएको वताउदै रोजगारीका लागि भौतारिनु नपरेको वताउछन ।

   चिया खेती विस्तार हुने क्रम वढी रहेको समयमा धनकुटा ३५हजार ५सय केजी ,भोजपुरमा २सय केजी र मोरगंमा ५सय केजी चिया उत्पादन हुने गरेको तथ्याँक रहेको छ । 

 चिया खेती गर्नेहरु भने आम्दानीका लागि युवाहरुले विदेशीनु पर्ने अवस्था नरहने योजनाले विस्वास लिएको छ ।