धनकुटा । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी सन् २०२५ सम्ममा नेपालकै एक घुम्न लायक ठाउँ मध्ये एक वनाउने लक्ष्य सहित धनकुटामा एग्रो टुरिजम फन भ्याल्ली निर्माण कार्य भई रहेको छ ।

 प्राकृतिक सुन्दरता र अर्गानिक खानेकुराले पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य सहित धनकुटा एग्रो टुरिजम एण्ड फन भ्याल्ली प्रालि निर्माण गरिदै आएको जनाइएको हो ।

 कृषिसंगै पर्यटनलाई जोडेर पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको धनकुटा एग्रो टुरिजम एण्ड फन भ्याल्ली प्रालि ४ वर्ष देखि निर्माण हुदै आएको प्रालिका सञ्चालक समितिका सचिव घनेन्द न्यौपानेले वताए ।snapshot_043

 आगामी सन. २०२५ सम्म नेपालकै एक घुम्न लायक ठाउँ वनाउने योजना साथ काम हुँदै आएको भएपनि कोभिडले समस्यामा पारेको सचिव न्यौपानेले जानकारी दिए ।

 पात्ले खोलासंगै जोडिएको साडे दुई हेक्टर क्षेत्रफलमा निर्माण भई रहेको प्रालिले प्राकृतिक सौन्दर्यताका साथै पर्यटकहरुलाई अर्गानिक खाने कुराको स्वाद पस्कने प्रालिले योजना अघि सारेको छ ।

 एग्रो टुरिजमको मुख्य लक्ष्य रहेको कारण अहिले लोकल कुखुरा , हासँ , टर्की, बाख्रा पालन , माछा पोखरी , अर्गानिक सब्जी फलफुलहरु समेत प्रालिको आकर्षण हुने प्रालिका अर्का सञ्चालक डम्बर राज काफ्ले वताउछ ।snapshot_042

 राजमार्ग छेउमै रहेका कारण समेत पर्यटकहरु आकर्षित हुने विश्वास व्यक्त गर्दै काफले फिसीगं ,वोटिगं देखि लिएर पर्यटकहरुलाई आकर्षित गर्न प्राकृतिक सौन्दर्यताका साथै साजी सज्जावट गरिने समेत जानकारी दिए ।

 त्यसै गरी मुलबाट निस्कने पानीलाई प्रशोधन गरेर देश विदेश सम्म पानी विक्री गर्ने लक्ष्य राखिएको समेत जनाइएको छ । जसका लागि पानी प्रसोधन प्लाण्ट राखिएको छ ।

 भर्खर निर्माण भई रहेपनि आन्तरिक पर्यटकहरु आउने थालिसकेको सो एग्रो टुरिजम एण्ड फन भ्याल्लीमा भविष्यमा अझ आकर्षित वनाएर पर्यटकहरुलाई आकर्षित गर्ने आन्तरिक पर्यटक ज्ञानवहादुर कटुवालले विश्वास लिएका छन  ।

 पछिल्लो समयमा पुर्वी नेपालमा एग्रो टुरिजमको आकर्षण वढी रहेको समयमा मौषसी अनुकुलता तथा प्राकृतिक सौन्दर्यताले श्रृँगारिएको धनकुटामा निर्माणाधिन धनकुटा एग्रो टुरिजम एण्ड फन भ्याल्ली प्रालिले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सफल हुने अपेक्षा गरिएको छ ।