उर्लाबारी । मोेरङको उर्लाबारी वडा नम्वर २ का वडाध्यक्ष राजन कुमार कँडेललाई संचार क्वल नेपाल उर्लाबारीले सम्मान गर्ने भएको छ ।

वडाध्यक्ष कँडेलले वडाको विकाश र समृद्धिको लागि आहोरात्र खटिदै कोरोना नियन्त्रण अभियानमा सकृयताका साथ कार्य सम्पादन गरेकोमा सञ्चार क्लब नेपाल उर्लाबारीले सम्मान गर्ने भएको हो ।

शनिबार बसेको बसेको बैठकले क्लबको १८ औँ साधारण सभाको अवसरमा साउन १६ गते सम्मान गर्ने निणर्य गरेको हो । 

उर्लाबारीका लागि वडाध्यक्ष कडेल स्थानिय क्षेत्रको विकास गर्नका लागि शारिरिक रुपमा सवल भएर मात्रै सम्भव हुन्न विकास र समृद्धिका लागि बौद्धिकता नै प्रमुख कुरा हो भन्ने उदाहरणका पात्र हुन ।

कँडेल वडा नम्वर २ को विकास र समृद्धिका लागि शारिरिक रुपमा कमजोर भएता पनि आफ्नो बौद्धिकताको उच्चतम प्रयोग गर्दै भौतिक विकास, समाजिक विकास र कृषि क्षेत्रको विकासमा अहोरात्र खटिदै आएका छन् ।

यति मात्रै हैन कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण, राहत वितरण, कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनमा महत्वपूणर् भूमिका निर्वाह गर्नुभएको थियो । 

त्यस्तै, सोही अवसरमा उर्लाबारी उद्योग बाणिज्य संघलाई पनि सम्मान गर्ने निणर्य भएको महासचिब दिपक बास्तोलाले जानकारी दिनुभयो ।