धनकुटा । कोरोना कहरका समयमा आफना विद्यार्थीहरुलाई धनकुटामा रहेको निजामती आवासीय माध्यमिक विद्यालयले निःशुल्क अनलाईन कक्षा सञ्चालन गरिरहेको छ ।

  निजामती कर्मचारीका छोराछोरीलाई मुल रुपमा सहुलियत दरमा पठनपाठन गराउने लक्ष्य सहित २०७० सालमा धनकुटामा स्थापित निजामती आवासीय विद्यालयले भौतिक रुपमा विद्यार्थी उपस्थिती हुने अवस्था नआए सम्म निःशुल्क अनलाईन कक्षा सञ्चालन गर्ने जनाएको हो ।

  मुल रुपमा निजामती कर्मचारीका वालबच्चा , सेवा निवृत्त निजामती कर्मचारीका वालबच्चा , सर्वसाधारणका वालवच्चा सहित स्कुल कर्मचारीका वालवच्चाहरु पठनपाठन गर्ने सो विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित नहुँदा शुल्क नलिने निर्णय गरिएको प्रध्यानाध्यापक सुरेश काफ्ले वताउछन ।

 पुर्ण तथा अर्ध आवासीय रुपमा समेत विद्यार्थीहरु पठनपाठन गर्ने सो विद्यालयमा एक पटक भर्ना भएपछि पुन भर्ना गर्नु नपर्ने व्यवस्था रहेको समेत प्रअ काफ्लेले जानकारी दिए ।snapshot_029

निजामती कर्मचारीका सन्ततीका अलावा कोटामा सर्वसाधारणका वालबच्चाहरु समेत पठनपाठन गर्न पाउने सो विद्यालयको पठनपाठन र भौतिक सुविद्यालाई समेत मध्यनजर गर्दै सर्वसाधारण विद्यार्थीहरुको पनि आकर्षण वन्न थालेको छ । आफनो छोरा निजामती विद्यालयमा भर्ना गर्न आएका अभिभावक असिम श्रेष्ठले खाजाखाना, आंशिक आवासीय भौतिक रुपमा उपस्थित नहुदा सम्म शुल्क तिर्नु नपर्ने जस्ता कारण पनि विद्यार्थी आकर्षित हुने गरेको वताउछन ।

  कोरोना कहरका कारण भौतिक रुपमा विद्यालयमा उपस्थित भएर पठनपाठन गर्न सकिने अवस्थालाई मध्यनजर गर्दै विद्यालयले नै शिक्षकहरुलाई ल्यापटप उपलव्ध गराएर अनलाईन पठनपाठन व्यवस्थामा मिलाउदै आएको जनाइएको छ ।

 सो विद्यालयमा राजपत्रअंकृत ,राजपत्राकृंत कर्मचारीका सन्तती ,सर्वसाधारण र विद्यालय कर्मचारीका वालवालिकालाई आधार वनाएको शुल्क निर्धारण गरिएको छ ।

 प्रदेस नम्वर १ सरकार  मुख्यमन्त्री तथा मन्त्री परिषद अन्र्तगत सञ्चालन भई रहेको सो विद्यालयमा कक्षा ५ देखि १० सम्म २सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन ।