मोरङ । मोरङको उर्लाबारी २ मा आर्थिक वर्ष २०७८/७९ भित्र कालोपत्रे हुने भएको छ । स्थानिय सरकार निर्वाचित भएर आएको ४ वर्ष वितिसक्दा समेत कालोपत्रे विहिन रहेको उर्लाबारीको वडा नम्वर २ मा यस पटक भने नगर स्तरिय योजना अन्र्ततगत कालोपत्रेको योजना समावेश भएको हो ।

वडाको गौरवको योजनाको रुपमा वडा नम्वर ३ सग सिमाना जोडिएको केर्खाली चौक देखी कटहरेमा निर्माण भै रहेको वडा कार्यालय जाने थापाचौक सिरुझार सडक खण्डमा कालोपत्रे हुने भएको हो ।

कालोपत्रेका लागि नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ३० लाख रुपैया विनियोज गरेको छ । यस्तै वडा नम्वर २ ले आर्थिक वर्ष ७८/७९ का लागि वडा स्तरिय वजेट मार्फत अन्य भागमा पनि सडक कालोपत्रे गर्ने भएको छ । जसमा पुरानो मंगलबारे बजारमा रामनगर चौक देखी एकताचोक सम्मको वाटो कालोपत्रे गर्ने गरि २५ लाख रुपैयाको योजना अगाडी सारेको छ ।

यस्तै भौतिक विकाश तर्फ यस आर्थिक वर्षमा सम्पन्न गर्ने गरि टंक गिरीको घर देखी बेतेनि सिमसार जाने बाटोमा डे्रन निर्माणका लागि ५ लाख, माथिल्लो डुम्रेमा ड्रेन निर्माणका लागि ५ लाख, महेश बस्नेतको घर हुदै वडा कार्यालय झर्ने बाटो ग्राभेलका लागि ५ लाख, जनटोलको बाटो ग्राभेलका लागि ३ लाख, नगेश्वर शिवालय मन्दिरदेखी सन्तोष राईको घर आउने बाटो ग्राभेलका लागि ५ लाख २४ हजार, बलुचौक देखी सामुदायिक बनको कार्यालय जाने बाटो ड्रेन निर्माणका लागि ५ लाख, ओल्लो देविझोडा देखी पल्लो देविझोडा जाने बाटो ग्राभेलमा ३ लाख रुपैयाको बजेट विनियोज गरेको छ ।

वडाले आर्थिक वर्ष २०७८/७९ मा कृषी, स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन, ब्यापार र पुर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम सार्वजनीक वडा अध्यक्ष राजन कुमार कडेलले बताउनु भयो ।