इटहरी । निःसहाय वालवालिकाहरुलाई आश्रय दिदै आएको इटहरी ४मा रहेको निःसहाय वालवालिका सेवा आश्रमलाई आफनो स्थापना दिवसको अवसर पारेर लायन्स क्लव अफ इटहरी माल्भिन जोन्सले खाद्यान्न लगायतका समाग्री उपलव्ध गराएको छ ।

   क्लवको स्थापना दिवसको अवसर पारेको लायन्स क्लवका डिष्ट्री्क  गर्भनर रेवतवहादुर कार्कीको प्रमुख आतिथ्यतामा लायन्स क्लव अफ इटहरी माल्भिन जोन्सले खाद्यान्न उपलव्ध गराएको हो ।IMG_9869

  आश्रमका लागि क्लवका तर्फबाट १सय २५केजी चामल , ५लिटर तेल, ५केजी चिनी , ५केजी दाल , ५ केजी नुन , ६ केजी भुजा र लुगा धुने तथा नुहाउने सावुन लगायतका सामाग्रीहरु प्रमुख अतिथी कार्की र लायन्स क्लव अफ इटहरी माल्भिन जोन्सका अध्यक्ष रितेश श्रेष्ठले आश्रमकी सञ्चालिका गिता गौतमलाई हस्तान्तरण गरेका हुन । 

 स्थापना देखि नै सामाजिक कार्यमा सक्रिय रहेदै आएको लायन्स क्लव अफ इटहरी माल्भिन जोन्सले निःसहाय वालवालिका सेवा आश्रममा खाद्यान्न वितरण गर्नुका साथै एक औपचारिक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको क्लवका वरिष्ठ उपाध्यक्ष मिनकुमार मगरले जानकारी दिए । खाद्यान्न वितरण कार्यक्रममा लायन्स क्लवका सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर नरनाथ सापकोटा , एरिया इञ्र्चाज टंककुमारी गुरुगं, जोनपर्सन नगेन्द्र दहाल लगायतको उपस्थिती रहेको थियो ।