मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा बक्राहाघाट निर्माण, विपन्न लाई निशुल्क खानेपानी वितरण र सडक बत्तिको विस्तारलाई मुख्य रुपमा समेटेको छ ।

पालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ८५ करोड ७४ लाख ३४ हजार ६ सय ८० रुपैयाको बजेट विहिबार सार्वजनिक गरेको हो ।

                                                                                             बक्राहाघाट निर्माण 

उर्लाबारीमा विगत लामोे सयम देखी व्यावस्थापन हुुन नसकेको बक्राहा घाट निर्र्माणलाई यसै आर्थिक वर्ष देखी निर्माण गर्ने र व्यवस्थित मानव घाटको रुपमा अगाडी बढाउने गरी नगरपालिकाले गौरवको योजनाको रुपमा ल्याएको छ ।

उर्लाबारीको बढ्दो जनसख्याका कारण मृत्युका घटनाहरु पनि पछिल्लो समयमा बढ्दोे क्रममा रहेका छन् । मृत्यु पछि गरिने अन्त्येष्टिको लागि  जातिय सस्कार अनुसार खोलानाला, बन जंगललाई नै हेर्ने गरिएको छ । 

उर्लाबारीमा लामो समय देखी मानव घाटका रुपमा बक्राहा खोलालाई नै प्रयोग गरिदै आएको भएता पनि सो खोलामा व्यावस्थित मानव घाट हुन नसक्दा शवदहनको समस्या हुने गरेको छ ।

राष्ट्रिय राजमार्ग सगै जोडिएको मानवघाट भएका कारण यस नदिमा शव दहनका बेला र शव यात्राका बेला राजमार्गको टा्रफिक व्यावस्थापनमा नै समस्या हुने गरेका कारण लामो समय देखी यात्रुहरुले झनझट व्यहोर्दै आउनु परेको छ ।

यस्तै सडक छेउमै शवदहन गरिने भएका कारण सडक अस्तव्यस्थ हुनुका साथै शवदहनको गन्धलाई यात्रुहरुले खप्दै आउनु परेको छ ।

घाट बाट उत्पन्न हुने प्रदुषणले वरिपरिको बाताबरणलाई समेत दुषित पारेको कुरालाई मनन् गर्दै उर्लाबारी नगरपालिकाले यसै वर्ष सो क्षेत्रमा व्यवस्थित र आधुनिक मानवघाटको निर्माण गर्ने भएको हो ।

मानवघाट निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ७० लाख रुपैया विनियोजन गरेको छ । 

स्थानिय जनप्रतिनिधि निर्वाचित भएर आएदेखीनै नगरपालिकाले बक्राहा खोलामा व्यावस्थित मानवघाटको निर्माण गर्ने योजनालाई अगाडी सारेको भएता पनि पर्याप्त वजेट र अन्य स्रोत साधनको अभावका कारण प्रक्रिया अगाडी बढाउन सकेको थिएन । 

यस पटक भने नगरपालिको वजेटमा समावेश भएका अन्य शिर्षकको रकम कटौती गरी मेयर फागोको पहलमा सो स्थानमा मानवघाट बन्ने भएको हो ।

                                                                                        निशुल्क खानेपानी वितरण

यस्तै नगरपालिकाले यसै आर्थिक वर्ष देखी गरिवीको रेखामुनि रहेका पालिकाको विपन्न परिवारलाई निशुल्क खानेपानी वितरण पनि गर्ने भएको छ ।

दैनिक ज्यालामजदुरी गरि जिविको पार्जन गर्दै आएको विपन्न र सुकुम्वासी वस्तीका नगरिकहरुमा खानेपानीको पहुच सहज रुपमा पुर्‍याउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि धारा जडान, महशुल र खानेपानी विस्तारका लागि पाइप खरिद गर्ने उद्देश्यका साथ ४० लाख रुपैया विनियोजन गरेको छ ।

                                                                            उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी

उर्लाबारीलाई उज्यालो र सुरक्षित बनाउने उद्देश्यका साथ सडक बत्ति विस्तारको योजनलाई नगरपालिकाले अघि सारेको छ ।

अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत पूर्वी सिमाना मावा खोला देखी पश्चिमी सिमाना सन्जोरा खोला सम्म ६ किलोमिटर सडकमा बत्ति जडान गरिसकेको छ ।

जसका कारण रातको समयमा सडक क्षेत्रमा हुने अपराधिक क्रियाकलापमा कमि आउनुका साथै सडक दुर्घटनमा हिट एण्ड रनको केसमा पनि कमी आएको स्थानियहरुले अनुभुति गरेका छन् ।

सोही अभियानलाई निरन्तरता दिदै नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४० लाख रुपैया विनियोजन गरेको छ ।

विनियोजित रकम बाट नगरपालिकाले यसै आर्थिक वर्ष भित्र दक्षिणमा सिमाना जोडिएको रतुवामाईको गुम्बा देखी उर्लाबारी चौक सम्म र उत्तरमा मिक्लाजुङ सग सिमाना जोडिएको टप्पुदेखी उर्लाबारी चौक र अन्य मुख्य शाखा सडकहरुमा सडक बत्ति विस्तार गर्ने  लक्ष्यका साथ बजेट बिनियोजन गरिएको जनाएको छ ।

                                                                                            धिमाल जाती पहिलो जाति

परापुर्व कालदेखी तराई भेगको झापा मोरङलाई थातथलो बनाई जिवन यापन गर्दै आएको धिमाल समुदायलाई नगरपालिकाले उच्च सम्मान गर्दै पालिकाले पहिलो जाति भएको घोषणा गरेको छ ।

नगरपालिकाकाको सातौ नगरसभाले धिमाल जाति नै उर्लाबारीको पुरानो जातिय समुदाय रहेको आधार र प्रमाणका आधारमा सो जातिलाई पहिलो जातिको दर्जा दिएको छ ।

यस्तै नगरपालिकाले यस पटक भौतिक विकाश तर्फ बाटो कालोपत्रे, डे्रन निर्माण, सार्वजनिक सम्पतीको सरक्षण, सववहान खरिद, सरकारी विध्यालयको अपुरा भवन निर्माण तथा मर्मत, मठमन्दिरको निर्माण, खेलकुद, स्वास्थ्य क्षेत्र लागाएतको कामलाई प्राथमिकता राखेर वजेट विनियोजन गरेको नगर प्रमुख खड्ग बहादुर फागोले बताउनु भयो ।

बजेट संघीय वित्तीय समानीकरण, संघीय सशर्त अनुदान, संघीय राजश्व बाँडफाँट, संघीय समपूरक अनुदान, प्रदेश वित्तीय समानीकरण, प्रदेश सशर्त अनुदान, प्रदेश सवारी बाँडफँड, प्रदेश समपूरक, प्रदेश विशेष अनुदान,सामाजिक विकाश मन्त्रालय र करुणा फाउण्डेसन आन्तरिक आम्दानी सहितकोे रकम सार्वजनिक गरेको हो । 

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा कृषी, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, उर्जा, पर्यटन, ब्यापार र पुर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम सार्वजनीक गरेको हो ।