धनकुटा । प्राकृतिक सौन्दर्यता तथा छिनछिनमा बदलिने मौषमका कारण पर्यटकहरुलाई आकर्षित गर्न सक्ने धनकुटाको कागते क्षेत्रमा पर्यटन प्रवद्र्धनमा जोड दिदै पर्यटकीय क्षेत्र निर्माण कार्यले गति लिन थालेको छ ।

    धनकुटा नगरपालिका वडा नम्बर ३ र ६ मा पर्ने कागतेमा पर्यटन प्रवद्र्धनमा जोड दिदै  कृतिम रुपमा साजसज्जा गर्ने कार्यमा भैरहेको हो ।

   प्राकृतिक सौन्दर्यता तथा चिसो हावा पानी सहितको अनुकुल मौषमका कारण पर्यटकहरुलाई आकर्षित गर्न सकिने तर्फ मध्यनजर गर्दै स्थानीय तह तथा प्रदेस सरकारका तर्फबाट वडा नम्बर ३ मा ग्रिन पार्क र वडा नम्बर ६मा सिलढुगां पार्क निर्माण कार्य हुदै आएको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य सहित भैरहेका कामहरुले पर्यटकहरुलाई आकर्षित गर्न थालेपनि अझ थप कामहरु गर्न बाँकी रहेको देखिएको परिवार सहित ग्रिन पार्क घुम्न आएका इनरुवा सुनसरीका मनोज साह वताउछन ।snapshot_013

 वडा नम्बर ३ मा निर्माण भई रहेको ग्रिन पार्कमा बालवालिकाका लागि मनोरञ्जनका लागि  चिप्लेटी लगायतका वनाइएका छन भने , सिडी रेलिगं सहित माथिका मनोरम दृष्यावलोकन गर्न सकिने वनाइएको छ भने पार्क चड्ने वाटोमै कागतीको स्तम्भ वनाइएको छ ।

कागतेको पहिचान झल्कने गरी कागतीको स्तम्भ वनाईको वताउदै वडाध्यक्ष विकास घिमीरेले हिले र धनकुटाको वैकल्पिक सहरका रुपमा कागतेलाई विकास गर्न पर्यटनलाई आधार वनाउने योजना रहेको जानकारी दिए । सो क्षेत्रका घरहरुमा एकै प्रकारले हरियो रगं लगाउने तथा वोटविरुवा लगाएर पनि ग्रिन सिटीको अवधारणा अघि सारिएको वताए ।IMG-20210713-WA0005

त्यसै गरी कागतेकै सिलढुगांमा पनि पर्यटन पवद्र्धनका लागि सिलढुंगा पार्क निर्माण कार्य पनि भई रहेको छ । सिलढुंगा सामुदायिक वन क्षेत्रमा निर्माण भई रहेको सिलढुंगा पार्कमा सिडी ,रेलिगं, फुलहरु लगाउने भगवान शिवको मुर्ति , विश्राम स्थल वनाइए रहेको छ भने थप विकास योजनाहरु समेत रहेको प्रदेस सभा सदस्य कुसुम श्रेष्ठ वताउछिन । पर्यटन पनि समृद्धिको आधार हो भन्ने कुरालाई आत्मसाथ गर्दै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेस सरकार र आफुले समेत सहयोग गर्दै आएको वताइन ।snapshot_007

सिलढुंगा पार्कमा क्षेत्रमा भेटिएकी स्थानीय चाहाना श्रेष्ठ साथीहरुसंग घुम्न आएको र प्राकृतिक सौन्दर्यता अवलोकन गर्न र गर्मी छल्न आएको वताउछिन ।

पर्यटकीय क्षेत्रको रुपमा कागतेमा विभिन्न कामहरु भई रहेको तर्फ मध्यनजर गर्दै प्रचारप्रसार हुन सके यो क्षेत्रको सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने देखिन्छ ।