धनकुटा । कोरोना कहरका कारण कक्षा ११को वार्षिक परिक्षा हुन नसकिरहेको समयमा धनकुटा नगरपालिका क्षेत्रमा रहेका माध्यमिक विद्यालयहरुले आगामी साउन १७ गते देखि परिक्षा सञ्चालन गर्ने निर्णय गरेका छन ।

  धनकुटा नगरपालिकामा रहेका ३९ सामुदायिक तथा ११ संस्थागत माध्यमिक विद्यालयहरु समावेश रहेको विद्यालय सञ्जालको वैठकले कक्षा ११को परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

  गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यज्ञप्रकास चापागाईको अध्यक्षतामा बसेको विद्यालय सञ्जालको बैठकले आगामी साउन १७ गते देखि कक्षा ११को परिक्षा सञ्चालन गर्ने गरी परिक्षा तालिका तय गरेको जनाइएको छ ।

 कोरोना कहरका कक्षा ११को वार्षिक परिक्षा सञ्चालन गर्न नसकिरहेको समयमा परिक्षा वोर्डले विद्यालयहरुलाई नै परिक्षा सञ्चालनका लागि अधिकार प्रत्याजन गरे वमोजिम धनकुटामा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुले एकै साथ परिक्षा सञ्चालन गर्ने संजालको वैठकले निर्णय गरेको अध्यक्ष चापागाईले जानकारी दिए  ।