धनकुटा । नेपाल लाईफ ईन्सयुरेन्स धनकुटा शाखाले १२ बर्षीय छोरी प्रितिजा न्यौपानेलाई मृत्युदावी भुक्तानी बापतको विमा रकम हस्तान्तरण गरेको छ । 

घरैमा आएर विमा कम्पनीले आमाको मृत्यु पछि २१ लाख ९५ हजारको चेक पाउँदा खुसि हुर्दै उक्त रकमले आफ्नो पढाईलाई निरन्तरता दिदै आमाको सपना पुरा गर्ने मृतक जानुका कार्कीकी छोरी प्रितिजा न्यौपानेले बताउनु भयो ।

प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ जुलिको प्रमुख आतिथ्यता एवं नेपाल लाईफ ईन्स्युरेन्स धनकुटा शाखाका शाखा प्रमुख श्याम पहाडीको अध्यक्षतामा मृत्युदावी भुक्तानी कार्यक्रमको आयोजना गरि मृतक जानुकाका बुबा कृष्ण कार्की र छोरी प्रितिजा कार्कीलाई घरैमा गएर चेक हस्तान्तरण गरेको परिवारजनले जानकारी दिनु भएको हो ।207782048_2998503683808854_2233711926667111997_n

उक्त कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सदस्य श्रेष्ठले अभावका बाबजुद्ध पनि थोरै रकम छुट्याएर विमा गरेमा भवितब्यमा काम लाग्ने र जो कोहिले जिवन बिमा गर्नु आवश्यक रहेको बताउदै उक्त रकमले भविष्यमा ठुलो सहयोग पुग्ने जानकारी दिनुभयो ।

मृतक जानुकाले १० लाखको दुर्घट्ना विमा सहितको जिवन विमा गरेर दुई किस्ता मात्र तिरेको र विमा गरेपछि श्रृण लिन पाउने प्रावधान समेत रहेकाले १ लाख श्रृण लिएको थियो । 

तेस्रो किस्ता तिर्ने समय नआउदै विमित जानुकाको धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्वर ६ स्थित सिम्सुवामा सडक मर्मतकालागि सडक छेउमै थुपारिएको सडक मर्मत सामाग्रीका कारण अफ्नै भाई गजेन्द्र कार्कीसँग गत बैशाख १० गते धरानबाट धनकुटा घर आउने क्रममा मोटरसाईकल दुर्घट्ना भई उपचारका क्रममा बैशाख १२ गते मृत्यु भएको थियो । 

मृत्यु पश्चात विमा कम्पनीलाई मृत्यु दावी भुत्तानीकालागि आवश्यक कागजात सबै पुरा गरेको १० दिनमै नेपाल लाईफ ईन्स्युरेन्स धनकुटा शाखाले मृत्तकको घर धनकुटा नगरपालिका वडा नम्वर ३ कागतेमा गएर सिद्धार्थ बेैंक धनकुटा शाखाको एसिपेयि चेक मृत्तकका छोरी प्रितिजा न्यौपानेको नाममा काटि उक्त चेक मृततकका बुबा र छोरीलाई हस्तान्तरण गरेको नपाल लाईफ ईन्स्युरेन्स धनकुटा शाखा प्रमुख श्याम पहाडीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हाल सम्म धनकुटा शाखाबाट ६ हजार विमालेख जारी भएका छन् भने १० वटा मृत्यु दाबी भुक्तानि गरिसकेको छ ।

मृतककी छोरी हाल कक्षा ८ मा निजामती आवासिय विद्यालयमा अध्ध्ययनरत रहेकी छन् । 

चेक हस्तान्तरण कार्यक्रममा पेशा गत अभिकर्ता संघ धनकुटाका अध्यक्ष एवं वरिष्ठ एजेन्सि मेनेजर दिपेन्द्र निरौला, नेपाल लाईफ ईन्स्युरेन्स धनकुटा शाखाका कर्मचारी टंक प्रसाद लिम्बु, एजेन्सि मेनेजर रमेश खत्रि, समाजसेवी नयन श्रेष्ठ, मृतकका परिवारलगायतको उपस्थिति रहेको थियो ।