उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर २ ले लिम्वू जातिहरुको सास्कृतिक बाजा उपलव्ध गराएको हो ।

लिम्वू जातिको जन्म देखी मृत्यु कर्म सम्म प्रयोग गरिने जातिय पहिचानको रुपमा रहेको च्याब्रुङ र झ्याम्टा वितरण गरेको हो ।

लिम्वू समुदाय भित्रको हिलेहाङ र केलाङ्क समुहलाई बाजा बितरण गरिएको वडाले जनाएको छ ।

वडा नम्वर २ मा धिमाल समुदायको बाहुल्यता अत्याधिक रहेको छ यसका साथै वडामा राई, लिम्वू, गुरुङ, मगर र तामाङ लगाएत अन्य जातिहरुको बसोवास पनि रहेको छ ।

सवै जातजाति र समुदायको मिश्रित वडा भएका कारण सवैलाई अपन्त्व हुने गरि वडाले सवै जाति र समुदायको सस्कृती लाई जर्गेना गर्दै लैजाने वडा अध्यक्ष राजन कुमार कडेलले बताए ।

वडा स्थानिय स्तरको जातिय पहिचानलाई संरक्षण प्रर्वदन गर्न सामाजिक विकाश अन्र्तगतको शिर्षकमा रकम विनियोज गरि आवश्यताका  आधारमा सास्कृतिक उथ्थानका लागि कार्य गर्दै आएको छ ।