इटहरी ।    होटल व्यवसायी संघ इटहरीको ११औं साधारण सभाले संघको अध्यक्षमा पुनः जिवन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ  । 

     तीन वर्षे कार्यकालको संघको अध्यक्षमा दोस्रो पटक पराजुली चयन भएका हुन । उद्योग वाणिज्य संघ इटहरीको वस्तुगत तर्फ समावेश रहेको होटल व्यवसायी संघ इटहरीको साधारण सभाले कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । 195198813_663370394610514_5526580733121811906_n

   सर्वसम्मत चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले , उपाध्यक्षमा  पुनम थापा मगर , कृष्ण निरौला, प्रकास महतो महासचिवमा जय प्रसाद उपाध्याय , सचिव आरोन कार्की , कोषाध्यक्षमा बाबुराम गिरी सह कोषाध्यक्षमा टिका वहादुर कटुवाल छनौट भएका छन । २१ सदसिय कार्य समितिको सदस्यहरुमा रुपा कार्की , कृष्ण पराजुली , नविन चौधरी , दामोदर विडारी , राजु श्रेष्ठ , शिवकुमार तामागं , विनोद गुरुगं , प्रमोद थापा , विशाल प्रधान , गंगावहादुर पुरी ,खेमराज घिमीरे र ख्यामराज राई चयन भएको संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।