इटहरी । कोराना कहरका कारण व्यवसायीक क्षेत्र प्रभावित भई रहेको समयमा समेत सरकारले व्यवसायीहरुका लागि कुनै पनि योजना ल्याउन नसकेको पुर्वका व्यवसायीहरुले गुनासो गरेका छन ।
होटल व्यवसायी संघ इटहरीको ११औं साधारण सभाका अतिथीहरुले व्यवसायीहरु सरकारले व्यवसायीहरुको पक्षमा योजना नल्याएको गुनासो गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले व्यवसायी मारमा परिरहेको भन्दै बैकको ब्याज मात्र तिर्न र सावाको लागि किस्ता वढाई दिन आग्रह गर्दै आफुहरुले आग्रह गर्दै आएको वताए । 
उनले सरकार आफै कम्जोर अवस्थामा रहेका कारण पनि हुन सक्छ व्यवसायीहरुको हक हितको पक्षमा काम गर्न नसकेको हुन सक्ने गुनासो गरे । पर्यटन पुनर उत्थान समिति प्रदेस नम्बर १का अध्यक्ष अविष श्रेष्ठले पर्यटनसंग जोडिने होटल व्यवसायीहरुलाई खोपको व्यवस्था समेत मिलाउन आग्रह गरे ।
उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्यले रोहित प्रसाईले उद्योगी व्यवसायीहरुका लागि राज्य पुनर सवलिकरण कर्जाको व्यवस्था सहितका प्याकेज सरकारले ल्याउने पर्नेमा जोड दिए ।
जिवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी संघको साधरणसभाको अवसरमा स्थापक अध्यक्ष नारायण तामागंलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
कार्यक्रममा पुर्वाञ्चल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष टंक दुलाल ,होटल व्यवसायी संघ प्रदेस नम्बर १का पुर्व अध्यक्ष मणीन्द्र कटुवाल , होटल व्यवसायी संघ इटहरीका उपाध्यक्ष तेजवहादुर पुरी सचिव जयप्रसाद पौडेल नागरिक समाज इटहरीका अध्यक्ष सन्त बहादुर डुम्जन, रोटरी क्लव अफ इटहरीकी अध्यक्ष सविना शोभा कोइराला लगायतको उपस्थिती रहेको थियो ।
संघको ११ औं साधरणसभाले नयाँ कार्य समिती चयन गर्ने छ ।




















