इटहरी । केही दिन अघि आएको बाढीले  प्रभावित वनाएको सिन्धुपाल्चोकका विभिन्न ठाउँका स्थलगत रुपमै पुगेर इसाई समाज प्रदेस नम्बर १ ले राहत स्वरुप केही रकम  वितरण गरेको छ । 

   वाढीका कारण घरबार विहिन बन्न पुगेका सिन्धुपाल्चोकको मेलम्ची , ग्यालथुगं , चौठे र हेलम्वु क्षेत्रका ५७ परिवार बाढी पडितहरुलाई समाजले राहत विरतण गरेको जनााइएको हो । IMG-20210707-WA0004

 समाजका अध्यक्ष विक्रम एक्तेन लगायतका स्थलगत रुपमै पुगेर वाढी पिडितहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमावाडी पिडितहरु लाई नगद वितरण गरिएको जानकारी गराइयो । IMG-20210707-WA0002

 वाढी पिडित ५७ परिवारलाई ३ लाख ५० हजार वराबरको राहत स्वरुप केही रकम वितरण गरिएको अध्यक्ष एक्तेनले जानकारी दिए । 

 समाजले  विपदमा परेका अन्य क्षेत्रका मानिसहरुलाई समेत सहयोग गर्दै आएको छ ।