धनकुटा  । साँगुरीगढी गाउँपालिकाले उखु र धान पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ ।

 प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत राष्ट्रिय र स्थानीय महत्वका खाध्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली बस्तुको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७७र७८ मा साँगुरीगढी गाउँपालिकाले उखु पकेट क्षेत्र र धानको पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गरेको हो । 

उखु पकेट क्षेत्र अन्तरगत साँगुरीगढी गाउँपालिका वडा नम्वर ७ स्थित लेउती दोभानमा लेउती दोभान उखु उत्पादक पकेट क्षेत्र विकास सञ्चालक समिति गठन गरी पकेट क्षेत्र निर्धारण गरेको गाउँपालिका कृषि विकास शाखाले जानकारी  दिएको छ ।

 यसैगरि धान पकेट क्षेत्रका लागि गाउँपालिका वडा नम्वर ३ स्थित कुसेटारमा खुवाफोक धानपकेट विकास सञ्चालक समिति गठन गरि कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 208457413_3044453655880132_6351386740781770836_n

साँगुरीगढी गाउँपालिका वडा नम्वर  ७ लेउति दोभान मुलघाटमा अत्याधिक मात्रामा उखु उत्पादन भईरहेको र उक्त क्षेत्रमा उखु खेतीको क्षेत्रविस्तार र उत्पादकत्व बढाउन पकेट क्षेत्र निर्धारण गरि कार्यक्रम सञ्चालन गरेको साँगुरीगढी गाउँपालिकाले जनाएको छ । 212034774_610716446572970_7150277482594921156_n

 उक्त  उखु पकेट क्षेत्रमा खनजोतका लागि पावर टिलर, सिंचाईकालागि पावर स्प्रे, उखुमा लाग्ने रोग किरा नियन्त्रणका लागि अर्गानिक बिषादी, भिटामिन लगायतका सामाग्री समितिले खरिद गरि कार्यक्रम सञ्चालन गरेको छ । 

 उक्त उखु पकेट क्षेत्र  करिब २२ घर धुरी रहेका छन् । 

धान पकेट क्षेत्रमा पावर टिलर २ थान, थ्रेसर २ थान, उन्नत धानको  विउ, मल, प्राङ्गारिक बिषादी, स्प्रेलगायतका कृषि सामाग्री वितरण गरिएको छ । उक्त क्षेत्रमा करिब ३५ घरधुरी रहेका छन् ।