धनकुटा । साँगुरीगढी गाउँपालिका भेडेटार धनकुटाको आयोजनामा साँगुरीगढी  गाउँपालिकाका व्यावसायिक तथा व्यावसाय उन्मुख किसानहरूलाई कृषि औजार उपकरण वितरण गरिएको छ । 

 पर्यटन, कृषि पुर्वाधारको विकास साँगुरीगढीको आर्थिक संमृद्दिको आधार भन्ने नाराका साथ अगाडि बढेको गाउँपालिकाले कृषिबाटै मनग्गे आम्दानि हुने देखि स्थानीय किसानहरूलाई कृषि सामाग्रि वितरण गरिएको हो । 186532399_165585398904528_1519781592471636700_n

वितरण गरिएका उपकरणहरूमा मिनिटिलर ४ थान, १६ लिटरको हाते स्प्रेयर ३० थान, फलफुल टिपाई गर्ने औजार १५ थान रहेका छन् । 

फलफुल टिपाई गर्ने औजार  १५ जना किसानलाई, किटनासक विषादी तथा नर्सरी सिंचाईकालागि हाते स्प्रेयर ३० जना किसानलाई र मिनि टिलर ४ जना किसानलाई वितरण गरिएको साँगुरीगढी गाउँपालिकाका कृषि अधिकृत राजिव कुमार पाख्रिनले जानकारी दिनुभयो । 167042307_308404760889511_828491636557803435_n

 उहाँका अनुसार गाउँपालिका अध्यक्ष याख्खाले मिनिटिलरले जोतेर वितरण कार्यक्रमको उद्घाटन गर्नु भएको हो । 

गाउँपालिका मै एक कार्याक्रमको आयोजना गरेर आर्थिक विकास समितिका संयोजक कमला लिम्वुको अध्यक्षता एव गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याख्खाको प्रमुख आतिथ्यतामा किसानहरूलाई उक्त कृषि सामाग्रि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।  

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्द्र राई, वडा नम्वर १,२,३,४,५,६,७,९, र १० का किसान, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।