धनकुटा । मनमोहन अधिकारी ज्येष्ठ नागरीक सम्मान कार्यक्रम साँगुरीगढी गाउँपालिकामा सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत साँगुरीगढी गाउँपालिका भेडेटारले गाउँपालिका निवासि ९० बर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमका साथमा सम्मान गरेको हो ।
गाउँपालिकाका १० वटा वडाका ९० बर्ष माथीका ज्येष्ठ नागरिकहरुलाई उहाँहरुको घर घरमा गएर स्वास्थ्य मापदण्डका साथमा दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष बिन्द्र राईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, महिला तथा बालबालिका शाखाका महिला विकास निरिक्षक सिर्जना हिङ्गमाङ्ग, पालिकाका ज्येष्ठ नागरिक, वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।




















