धनकुटा । जेष्ठ नागरिकको सम्मान राष्ट्रको सान बिषयक अन्तरक्रियाका साथमा जननेता स्व.मदन भण्डारीको ७० औ जन्मजयन्ती धनकुटामा मनाईएको छ ।
मदन भण्डारी फाउन्डेसन १ नं. प्रदेश कार्यसमितिको आयोजनामा भर्चुयल अन्तरक्रिया कार्यक्रम गर्दै धनकुटामा स्व. भण्डारीको जन्मजयन्तिको मनाईएको हो ।
अन्तरक्रिया कार्यक्रममा १ नं. प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले स्व.भण्डारीले प्रतिपादन गर्नु भएको सिद्घान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित भएर जेष्ठ नागरिकको सम्मानका लागि जेष्ठ नागरिक भत्ता, अशत्त, एकल महिला र लोपउन्मुख जातिका लागि सामाजिक सुरक्षा भत्ता कार्यक्रम शुरु गरीएको जेष्ठ नागरिकको सम्मान राष्ट्रको स्वाभिमान शिर्षकको कार्यपत्र प्रस्तुत गर्दै जानकारी दिनुभयो ।
यसैगरी जिफन्टका केन्द्रीय महासचिव जनक चौंधरीले जननेता स्व.मदन भण्डारीले प्रतिपादन गर्नु भएको सिद्घान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित भएर हरेक क्षेत्रका श्रमिकहरुलाई सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना गरी श्रमिकहरुलाई उच्च सम्मान गरेकोलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको मदन भण्डारी फाउण्डेसन धनकुटाका सचिव होम बहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँहरु बृद्घ अवस्थामा सन्तानको मात्र भर पर्नु पर्ने हुदाँ सामाजिक सुरक्षा भत्ता कार्यक्रमको उपादेयता प्रमाणित भएको भर्जुअल कक्षा मार्फत जानकारी दिनुभयो ।
मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सचिव पेम्वा लामाको प्रमुख आतिथ्यता एवं भण्डारी फाउन्डेसन १ नं. प्रदेश कार्यसमितिका अध्यक्ष तथा पुर्व सांसद गोपाल गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ नं. प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
फाउन्डेसनका १ नं. प्रदेश कार्यसमितिका सचिव एवम् राष्ट्रीय सभाका सदस्य मा. देवेन्द्र दाहालले सञ्चालन गर्नु भएको कार्यक्रममा उहाँहरुले जननेता मदन भण्डारीका विचार, योगदानलगायतको चर्चा गर्नु भएको थियो ।




















