इटहरी । प्रदेश नम्बर १ कै एक महत्वपुर्ण पर्यटकीय गन्तव्य इटहरी ३ मा रहेको तालतलैयाको सौन्दर्यकरणमा सहयोग पुर्याउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले क्लव २५औं स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ। 

      क्लव स्थापनाको अवसर पारेर धुपी लगायतका विभिन्न एक सय २५ जातका विरुवाहरु पर्यटकीय क्षेत्र तालतलैयामा लगाइएको हो । 206818986_4055623114521382_109432370771775817_n

       तालतलैयाको सौन्दयकरण साथै सो क्षेत्रमा आउने आगन्तुकहरुको सुविधाका लागि रोटरी क्लव अफ इटहरीले दुई वटा विश्रामस्थल निमार्ण गरेर हस्तान्तरण गरिसकेको समेत क्लवकी अध्यक्ष सविना शोभा कोइरालाले जानकारी दिइन । रोटरी क्लवले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको प्रमुख अतिथीका रुपमा इटहरी उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष वालकृष्ण विष्ट रहेका थिए । कार्यक्रममा रोटरी क्लव अफ इटहरीका कार्यक्रम संयोजक संयोग पराजुली , पुर्व अध्यक्षहरुका साथै तालतलैया संरक्षण तथा विकास समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । रोटरी क्लव अफ इटहरी इटहरीको एक अग्रेणी सामाजिक संस्था हो ।