धनकुटा  ।  साँगुरीगढी गाउँपालिकाले ४६ करोड बढिको बजेट पारित गर्दै स्वास्थ्य मापदण्डका साथमा नवौँ गाउँसभा सम्पन्न गरेको छ ।

साँगुरीगढी गाउँपालिकाले विभिन्न प्रस्ताबमाथि छलफल सहित निर्णय गर्दै गाउँपालिकाको विनियोजन र अर्थ बिधेयक पारित गर्दैे नवौँ गाउँसभा सम्पन्न गरेको हो ।198556683_768607990411082_4200310347457871722_n

  यसैगरी नगरप्रहरीको दरवन्दी स्वीकृत, कर्मचारीहरूको पदनाम कायम, खेलमैदान निर्माण, औधोगिक ग्राम स्थापना, वडा नम्वर ४ को तल्लो भेगमा स्वास्थ्य ईकाइ स्थापना, फोहोर मैला व्यावस्थापनमा सबैको सहयोग रहने, वडाको सिफारिस विना नै सिधै योजना सम्झौता गरि निकासा गरिनेलगायतका प्रस्तावमाथि छलफल गर्दै निर्णय सहित नवौँ गाउँसभा सम्पन्न भएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार यस आर्थिक बर्ष २०७८र७९ मा साँगुरीगढी गाउँपालिकाले ४६ करोड, ५४ लाख, ४३ हजार, ४०० बजेट रूपैयाँ बजेट विनियोजन गरेको छ ।