धनकुटा । साँगुरीगढी गाउँपालिकाकाे अर्थिक बर्ष २०७७/७८ मा सम्पादन भएका काम छिटाे छरिताे ढंगबाट सम्पादन गर्नुका साथै सेवाग्राहिलाई पुर्याउनु भएकाे सेवाग्राहिमैत्रि सेवाकाे कदर गर्दै पालिकाका १० जना कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएकाे छ ।
पुरस्कृत हुने कर्मचारीहरूमा अधिकृत स्तर छैटाै द्राेण बहादुर राई, स्वास्थ्य संयाेजक गणेश यादव, सहायक स्तर पाचाैं राज बहादुर धराला, सामजिक परिचालक गणिता लिम्बु, सव ईन्जिनियर कविन्द्र राई, सहायक स्तर पाचाैं गणेश रेग्मी, सहायक स्तर चाैथाे नुना श्रेष्ठ, पशु स्वास्थ्य प्राविधिक खिरमाया राई, कार्यालय सहयाेगि शेखर वि.क., कार्यालय सहयाेगि अर्जुन भट्टराई, रहनु भएकाे छ । 
यसैगरी काेभिड १९ काे उपचारमा सक्रिय रूपमा सेवा पुर्याउनु भएकाे भन्दै गाउँपालिका निवासL राष्ट्रिय श्रेष्ठलाई दाेसल्ला अf]ढाएर नगद सहित सम्मान पत्रका साथ सम्मान गरिएकाे छ ।
उहाँहरूलाई गाउँपालिकामा नवाैं गाउँसभाकाे अवसर पारेर पुरस्कृत गरिएकाे हाे । 
गाउँपालिका अध्यक्ष कुमारजङ्ग याख्खाले अविर, खादा लगाई दिएर नगद र प्रमाणपत्रका साथ पुरस्कृत गर्नु भएकाे साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताउनु भयाे ।
कर्मचारी सम्मान कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, उपाध्यक्ष विन्द्र राई, वडा अध्यक्ष, वडा सदस्यलगायतकाे उपस्थिति रहेकाे थियाे ।




















