काठमाडौं– कोरोना महामारीकै सन् २०२१ मा विश्वका घुम्नै पर्ने ५० वटा देशमा नेपाल पनि समेटिएको छ ।


प्रसिद्ध फोर्ब्स पत्रिकाले दुई दिनअघि प्रकाशित गरेको उक्त सूचीमा नेपालको एभरेष्ट बेस क्याम्पलाई विश्वका ५० घुम्नै पर्ने स्थानको तेस्रो स्थानमा राखिएको छ ।

५० सुन्दर ठाउँको सूचीमा छ वटा अलौकिक तथा प्राकृतिक पदमार्ग समेत छन्, जसको पहिलो स्थानमा नेपालको एभरेष्ट बेस क्याम्पलाई समावेश गरिएको छ ।

एभरेष्ट बेस क्याम्पको ट्रेकिङलाई विशेष आकर्षणको रुपमा राखिएको छ ।

एभरेष्ट बेस क्याम्पसंगै नर्वे र दक्षिण अफ्रिकाका हिमाली तथा पहाडी क्षेत्र पनि सूचीमा समावेश छन् ।

फोर्ब्सको अनलाइन संस्करणमा प्रकाशित उक्त सूचीसहितको लेखमा भनिएको छ–‘तपाईंको घुम्ने सूचीमा के–के छन् रु यदि महामारीका कारणले घुम्ने सूची लम्बिएको छ भने बेलायतको लक्जरी ट्रिप प्लानिङ कम्पनि अनफर्गटेबल ट्राभलले गरेको सर्वेक्षण अनुसार विश्वका यी ५० स्थानमा मानिसहरु घुम्न चाहेको देखिएको छ ।’

उक्त सूचीमा विश्वका केही अति सुन्दर स्थानहरुदेखि लिएर अति नाटकिय स्थानहरु समेत छन् ।

घुम्नका लागि अत्यधिक खोजिएका स्थानहरुको उक्त सूचीको पहिलो स्थानमा विश्वकै अग्लो बिल्डिङ अर्थात दुबईको बुर्ज खलिफा छ ।

‘एक पटकमा ३५ हजार मानिसलाई स्वागत गर्न सक्ने उक्त भवन प्रायस् सधैं पर्यटकको रोजाइमा परिरहेको छ, अनफर्गटेबल ट्राभलले लेखेको छ–‘र, हरेक महिना १० हजार भन्दा बढीले बुर्ज खलिफाको टिकट खोज्नुले पनि यो १ सय ६० तल्ले भवनको आकर्षण व्यक्त गर्छ ।’


यी हुन् उत्कृष्ट ५० मध्ये उत्कृष्ट १० स्थान


 बुर्ज खलिफा, दुबई

स्ट्याचु अफ लिबर्टी, न्यूयोर्क

नेपालको माउन्ट एभरेष्ट बेस क्याम्प ९ट्रेकिङ०

इजिप्टको प्रसिद नाइल नदीको क्रुज

पेरिसको आइफल टावर

लस भेगासको स्ट्रिप

सन फ्रान्सिस्कोको गोल्डेन गेट पूल

न्यूयोर्ककको इम्पायर स्टेट बिल्डिङ

पेरिसको लोभ्रे म्युजियम

रोमको कोलोजियम