धनकुटा । बाल पुनःस्थापना केन्द्रमा रहेका बालबालिहरूकालागि फलफुल तथा खाजा खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
मदन भण्डारी बाल पुनःस्थापना केन्द्र श्रीपन्चमी पार्क धनकुटामा रहेका बालबालिकाहरुलाई धनकुटा नगरपालिकाकी उपमेयर सकुन्तला बस्नेतको प्रमुख आतिथ्यतामा लेडिज जेसिज धनकुटा मार्फत फलफूल तथा खाजा खुवाईएको हो ।
मदन भण्डारीको निधन पछि नेपालका ७५ वटा जिल्लामा प्रतिष्ठान बन्ने क्रममा २०५३ सालमा धनकुटामा स्थापना भएको यस प्रतिष्ठानमा निःसाहय र द्वन्द्व पिडित बालबालिकाहरुलाई संरक्षण गरिएको छ ।
उक्त बालबालिकाहरूलाई धनकुटा लेडी जेसीज परिवारले प्रत्येक बर्ष झै यस बर्ष पनि फलफुलका साथमा खाजा खुवाईएको हो । सोहि अवसर पारेर जेसिज बर्ष २०२० का अध्यक्ष रविना श्रेष्ठको जन्मदिनको केक काटेर बालबालिका सँग रमाईलो गर्दै जन्म दिन मनाएको मदन भण्डारी प्रतिष्ठानकी अध्यक्ष एवं धनकुटा नगरपालिकाकि उप( प्रमुख प्रमुख शकुन्तला बस्नेतले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमका लागि धनकुटा लेडि जेसिज बर्ष २०२१ कि अध्यक्ष विसिका श्रेष्ठ कि बहिनी
मुना श्रेष्ठको पुन्य तिथिमा धनकुटा निवासी हाल जापान निवासी कंचन श्रेष्ठले १७ हजार ३ सय १२ रूपैयाँ सहयोग गर्नु भएको जेसिज अध्यक्ष श्रेष्ठले बताउनु भयो ।




















