मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ ले वडाका दलित बस्तीमा पुगेर कोरोना सचेतना तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । 

वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सहितको टोलीले वडाको आइतबारे टोलमा पुगेर त्यस क्षेत्रमा बसोबास गर्ने दलित समुदायलाई लक्षित गरि कोरोना सचेतना कार्यक्रम गरेको हो । 

आइतबारे टोलमा बसोबास गर्ने विपन्न दलित परिवारलाई वडाका जनप्रतिनिधि सहितको टोलीले कोरोना सम्बन्धि सचेतना जगाउँदै कोरोनाबाट बच्न सुरक्षा सामाग्री समेत वितरण गरेको हो ।IMG_0557

टोलीमा सहभागि दुलारी स्वास्थ्य चौकी गछियाका इञ्चार्ज बाबुराम आचार्यले विश्व स्वास्थ्य संगठनले निर्देश गरे बामोजिमको हात धुने तरिका बारे जानकारी गराएका थिए ।  कोरोनाबाट बच्न खाना खानु अघि र घर बाहिरबाट आएपछि सावुन पानीले हात धुनुपर्ने, समाजिक दुरी कामय गर्नुपर्ने, मास्क लगाउनु पर्ने र केही स्वास्थ्य समस्या देखिए तत्काल जनप्रतिनिधि वा स्वास्थ्यकर्मीलाई खबर गर्ने विषयमा दलित समुदायलाई जानकारी गराइयो । IMG_0526

  साथै उनीहरुलाई प्रति परिवार एक÷एक प्याकेट मास्क, हात धुने सावन र औषधि समेत वितरण गरिएको छ ।

वडाध्यक्ष जीवन प्रसाद ढुंगानाले विपन्न अवस्थाका दलित समुदायलाई कोरोनाबाट बचाउने उद्देश्यका साथ करिव ५० घर परिवारलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै कोरोना सम्बन्धि सचेतना जगाउने काम गरिएको बताए ।

सो अवसरमा वडा सदस्यहरु शान्ता सिटौला, देवीमाया बोगटी, श्यामनारायण चौधरीले वितरण गरेका थिए भने गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा लि इटहरीका प्रवन्ध  निर्देशक रेवती निरौलाले समन्वय गरेका थिए ।