धनकुटा । पाख्रिबास नगरपालिका नगरसभा घटनामा संग्लन व्यक्ति तथा समुहलाई तत्काल कानुनी दायरामा ल्याउन माग राख्दै सातै स्थानीय तहले पे्रस व्याक्ति जारी गरेको छ ।
धनकुटाको पाख्रिबास नगरपालिकामा नगरसभा संचालन भइरहेको समयमा सभाहल भित्र अराजक व्यक्तिहरु प्रवेश गरी सार्वजनिक सम्पतिमा ढुङगा मुढा प्रहार गरी तोडफोड गर्ने तथा जनप्रतिनिधि र कर्मचारी माथि कुटपिटको घट्नामा संग्लन व्यक्ति तथा समुहलाई तत्काल कानुनी दायरामा ल्याउन माग राख्दै सात ओटै स्थानिय तहले पे्रस विज्ञप्ति जारी गरेको हो ।
पाख्रिबास नगरपालिकाको आर्थिक बर्ष २०७८÷७९ को लागि निति, बजेट तथा कार्यक्रम २०७८ साल असार १० गतेका दिन आठौं नगरसभा नगरपालिकाको कार्यालयमा भईरहेको अवस्थामा विभिन्न अराजक तत्वहरुले गुण्डागर्ती शैलिमा नगर सभा अवरोध गर्ने, सार्वजनिक सम्पति टेवल, कुर्सी भाँच्ने, झ्यालको सिसा फुटाउने, निर्वाचित जनप्रतिनिधिहरुलाई हातपात गर्ने जस्ता जघन्य अपराध र जनविरोधि घट्ना प्रति साँगुरीगढी गाउँपालिकाको गम्भिर ध्यान आर्कषण भएको छ ।
नेपालमा संघीय सासन प्रणाली लागु भए पछि स्थानीय तहहरुमा गाँउ वा नगरपालिकाका आफैमा एक सार्वभौम अधिकार सम्पन्न अभिछिन्न उत्तराधिकारवाला संस्था रहेकाले अलोकतान्त्रिक गैह्यजीम्मेवार र नेपालको कानून विपरित गतिविधि भएको भन्दै लोकतान्त्रिक ढंगबाट बिरोध गर्न पाउने वैकल्पिक बिधिहरु हुदाहुदै यसरी अराजक ढंगबाट प्रस्तुत भई हुलहुज्त गर्ने ,सार्वजनिक सम्पति तोडफोड गर्ने र जनप्रतिनिधि, कर्मचारीहरु माथी भौतिक आक्रमण गर्नेलगायतका कार्य निन्दनिय रहेको भन्दै सातै स्थानीय तहले पे्रस विज्ञप्ति निकालेको जनाएको छ ।
यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गर्दै संलग्न जो सुकै भएता पनि अबिलम्ब कानुनी दायरामा ल्याउन माग गर्दै सातै ओटा पालिकाका प्रमुखद्धारा हस्ताक्षरित विज्ञप्ति मा खेद प्रकट गरिएको छ ।




















